काभे्र उद्योग वाणिज्य संघको ४२ औं साधारण सभा आगामी जेष्ठ १९ गते सम्पन्न हुने हुने भएको छ । निर्वाचनामा त्रीपक्षीय भिडन्त हुने भएको छ । दईुपटक उपाध्यक्ष भइसक्नु भएका हाल विशिष्ठ आमन्त्रित सदस्य विगत ३० वर्षदेखि काभे्र उद्योग वाणिज्य संघमा निरन्तर लाग्नुभएका राजन मानन्धर, दुईपटक बरिष्ठ उपाध्यक्ष भई जिम्मेवारी सम्हाल्नु भएका प्रताप वैद्य र कोषाध्यक्ष, उपाध्यक्ष भई विगत २० वर्ष देखि निरन्तर लाग्नु भएका बसन्त नारायण भोछिभोया जो यस अघिको उद्योग वाणिज्य संघको निर्वाचनमा समेत अध्यक्षको प्रतिस्पर्धामा उत्रनुभएको थियो ।
अध्यक्षको प्रतिश्पर्धामा उत्रनुभएको तीन जनाको निर्वाचनमा विजयी हुने आ आफ्नो दावी छ । राजन मानन्धर यस अघि खुलेर गत निर्वाचनमा राजेन्द्र पसछेंलाई जिताउन लागि परेको हुँदा यसपटक आफ्नो टिमलाई सघाउने र विगतमा गरेका कार्यलाई नियालेर उद्यमी व्यवसायीहरुले राजन मानन्धरलाई सघाएर निर्वाचित गर्ने उहाँ निकट व्यवसायीहरु बिच चर्र्चा चलेको छ । त्यसैगरी, अर्का व्यवसायी खेलकुद विकास समिति, कराँते संघ, युवा जमातको समेत नेतृत्व गर्नु भएका प्रताप वैद्यले चुनावमा उत्रनुभए सँगै उहाँको सँगतमा भएकाहरुमा माझ भने वैद्यले चुनाव जित्ने चर्चा रहेको छ । त्यस्तै अर्का व्यवसायी जो काभे्रमा पहिलो पेपर कपको उद्योग संचालन गर्ने सञ्चालक, काभे्र जेसीजको नेतृत्व सम्हाल्नु भएका, यस अघि उद्योग वाणिज्य संघको उपाध्यक्ष पद सम्हाल्नु भएका बसन्त भोछिभोयाले चुनाव जित्ने चर्चा पनि उत्तिकै छ ।
तीनै जनाको आ–आफ्नै चुनाव जित्ने दाबी रहे पनि यस अघिका काभे्र उद्योग वाणिज्य संघ हाँक्ने नेतृत्वहरुले व्यवसायीहरुको हक, हित र साना व्यवसायीहरुको समस्यामा केहि गर्न नसकेको गुनासो व्याप्त छ । काभे्र उद्योग वाणिज्य संघका वर्तमान अध्यक्ष राजेन्द्र पसछें तथा पूर्व अध्यक्षहरुको नेतृत्वले सर्वसम्मत गर्ने प्रयास गरेको भएपनि निरर्थक भएको छ । नेपाल उद्योग वाणिज्य महसंघका उपाध्यक्ष शुरकृष्ण वैद्य, काभै्र उद्योग वाणिज्य संघका वर्तमान अध्यक्ष राजेन्द्र पसछें, पूर्व अध्यक्षहरु पूर्ण पलाञ्चोके, दियशरत्न शाक्य, लक्ष्मी लाल राजभण्डारी, कृष्ण गोपाल भैल, कोहि पनि खुलेर बाहिर नलागेको हुँदा नेतृत्वमा कस्ले बाजी मार्छ भन्ने टुङ्गो छैन । केन्द्रिय उपाध्यक्ष वैद्य र वर्तमान अध्यक्ष पसछेंको भूमिकाले अर्थ राख्ने कुरा व्यवसायीहरुले बताउँदै आएका छन् ।
