कम्प्युटर एशोसियसन नेपाल महासंघ काभ्रेपलाञ्चोकले प्राविधिक शिक्षाको महत्व र अवसर चुनौतीको सवालमा जानकारी दिने उदेश्यले शैक्षिक परामर्श कार्यक्रम आयोजना गरेको छ । सुचना र सञ्चार प्रविधि दिवसको अवसरमा बनेपामा एक कार्यक्रमको आयोजना गरि विद्यार्थीलाई परामर्श दिइएको हो । कार्यक्रममा बनेपा पोलिटेक्निक शिक्षालय, सेन्टलम एल्वम एकेडेमी, एबिएम स्कुल, बेलर इन्टरनेश्नल, सिद्धार्थ इंलिस बोर्डिङ स्कुल, निष्ट कलेज, संकल्प कलेजका ३ सय भन्दा बढी विद्यार्थीको सहभागीता रहेको थियो । एसईई परीक्षा दिएर बसेका विद्यार्थीलाई जानकारी गराउँदै कार्यक्रम आयोजना गरिएको क्यान काभ्रेका अध्यक्ष रामचन्द्र न्यौपानेले जानकारी दिनुभयो ।
बनेपा पोलिटेक्निक शिक्षालयका सरोज बानियाँ, एबिएम स्कुलका प्रिन्सिपल रामप्रसाद तिमल्सिना, बेलर इन्टरनेश्नलका संजिव श्रेष्ठ, सेन्टलम एल्बम एकेडेमीका पुष्पा खड्का, सिद्धार्थ इङलिस बोर्डिङका सुधिर न्यौपाने, निष्ट कलेजका प्रिन्सिपल दिपक भट्ट, संकल्प कलेजका रजिव श्रेष्ठले आफ्नो विद्यालयले प्राविधिक शिक्षामा गरिरहेका हालसम्मको अवस्था र आइसिटी क्षेत्रको महत्वको बारेमा प्रकाश पार्नुभएको थियो ।
कम्प्युटर एशोसियसन नेपाल महासंघ काभ्रे शाखाका अध्यक्ष रामचन्द्र न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल बनेपा पोलिटेक्निक शिक्षालय प्रमुख इश्वरचन्द्र घिमिरे, क्यान महासंघका कार्यसमिति सदस्य एवं कार्यक्रमका स्रोत व्यक्ति राजु कट्टेल, प्याब्सन काभ्रेका अध्यक्ष श्याम भुजेल, एनप्याब्सन काभ्रेका अध्यक्ष एवं सेन्टलम एल्बम एकेडेमीका प्रिन्सिपल अग्नी प्रसाद ज्ञावली, एबिएम स्कुलका प्रिन्सिपल रामप्रसाद तिमल्सिना, बलेर एकेडेमीका प्रिन्सिपल इन्दु थापा, सिद्धार्थ इङलिस स्कुलका प्रिन्सिपल गुञ्जप्रसाद लुईटेल, निष्ट कलेजका प्रिन्सिपल दिपक भट्ट, संकल्प कलेजका भाइस प्रिन्सिपल रजिब श्रेष्ठ, पर्ल कम्प्युटर इन्ष्टिच्युटका प्रोपाइटर राजेश केसी, कार्यक्रम संयोजक एवं अग्सा कम्प्युटरका प्रोपाइटर अग्नी श्रेष्ठ लगाएतको सहभागस्ता रहेको थियो । कार्यक्रम सञ्चालन देवकी आचार्य दुलालले गर्नु भएको थियो ।
