IMG-LOGO

नक्कली फेसबुक आई.डी. बनाई ठगी गर्ने दिपेन्द्र पक्राउ

 मंगल, बैशाख १८, २०८१  ---

          गत मंगलबार धुलिखेल नगरपालिका वडा नं. ०३ बस्ने सुष्मा तामाङलाई जिल्ला बैतडी दशरथ न.पा वडा नं. ०३ का २२ वर्षीय दिपेन्द्र नाथले निर्माण तामाङ नाम गरेको नक्कली फेसबुक आई.डि. बनाइ विभिन्न किसिमको अश्लिल शब्द तथा अपशव्द लेखि बैंक खाता दिई रकम समेत मागी गाली गलौज गर्ने जस्ता क्रियाकलाप गरी धाक धम्की दिई मानसिक तनाव दिएको हुँदा निज दिपेन्द्र नाथलाइ काठमाडौंबाट प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धुलिखेल काभ्रेका डिएसपी राजकुमार श्रेष्ठका अनुसार ईलेक्ट्रोनिक कारोबार ऐन २०६३ बमोजिम कारवाहीको लागि म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको बताउनु भयो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्