हातमा सिप छ त्यसको सहि सदुपयोग गरे देशमै हिरा फलाउन सकिन्छ भन्ने उदाहरण बन्न सफल हुनुभएके छ, पनौती ५ मा जन्मनुभएकी ४८ वर्षिय निरु वैदार । जो काभे्रकी महिला उद्यमी भएर परिचित हुनुहुन्छ । नहुनु पनि कसरी २० वर्ष अघि देखि नै घरेलु तथा साना उद्योग महासंघ काभ्रेमा लाग्नुभई ४ वर्ष देखि उद्यमीको नेतृत्व सम्हाल्नुभएको छ । महिलहरुलाई गरी खाने सिप सिकाउँदै बिहान देखि बेलुका सम्म कर्ममा आफ्नो समय वितेको पत्तै नपाउने बताउनुहुन्छ उद्यमी निरु । विगत २५ वर्ष देखि ५० हजार लगानीमा कपडा सिलाउने एक मेशिनबाट उद्यम गर्न थाल्नुभएकी निरु २५ लाखको मालिक बन्न सफल हुनुभएको छ । १७ वटा सिलाई मेशिनबाट आफूले सिकेको सिप महिलाहरुलाई सिकाउँदै महिला दिदिबहिनीहरुको प्रिय बन्नुभएकोे छ ।
बनेपा निवासी मधुसुधन बैदारसँग विवाह गरेपछि बनेपामा नै आफ्नो उद्यम गरी सबै महिलाहरुकै पे्ररणाको श्रोत बन्नुभएको छ । व्यवसायमा ७ जनालाई रोजगार दिएर व्यापार व्यवसायबाट खर्च कटाएर मासिक करिब १ लाख आम्दानी गर्न सकेको बताउनुहुन्छ उद्यमी निरु । महिलाहरुलाई सिलाई बुनाइ तालिम दिने, वेस्टेट कपडाबाट ढाका र मखमलको कपडाको थैली, त्यसै गरी कपडाको झोला, कपडााको जुत्ता, मखमलको जुत्ता बनाउने, सेनिटरी प्याड उत्पादन गर्ने, सारी, व्लाउज र कुर्तामा बुट्टा भर्न आउनेको निक्कैउहाँको रेडिमेट फेन्सी पसलमा भिड हुने गर्दछ । उत्पादन गरेका सामाग्री काभे्र जिल्लाको १३ वटा पालिका, काठमाडौं, भक्तपुर, ललितपुर र सिन्धुपाल्चोक सम्म आफ्नो उत्पादन सामाग्री बिक्री गरेको बताउनुहुन्छ उद्यमी वैदार । महिलाले प्रयोग गर्ने सेनिटरी प्याड भने विभिन्न संघसंस्था, स्थानीय पालिकाहरुको माग बमोजम स्कुलहरुमा समेत पठाउने गरेको उहाँले उल्लेख गर्नुभयो ।
सिप र स्थानीय श्रोत साधनको अधिकतम प्रयोग गरी उद्यमी बन्न सकिने , कोहि कसैको भरमा बाँच्नु नपर्ने, आफ्नो खुट्टामा उभिन सकिने, जीवनलाई सुखी र खुसी राख्न सकिने हुँदा आफ्नो बुद्धि विवेकले भ्याए सम्म उद्यम गरौं, अरुको भर नपरौं रोजगारीको लागि बिदेशी गुलामी बन्नु पर्ने वाध्यता नभएको बताउनुहुन्छ बैदार । आफ्नै कमाइबाट छोरा युनिब बैदारलाई व्याचलर डिग्री र छोरी फिवना वैदारलाई माध्यमिक तहको स्तरीय शिक्षा प्रदान गर्न आफ्नो कमाईलाई छोरा छोीको शिक्षाको ज्योति फैल्याउन लगानी गर्नुभएको छ । सिप र ज्ञानले गरी खाने बनाउँछ केहि न केहि गरौं समय खेर नफालौं, जीवन अमुल्य छ जीवनको यात्रालाई गन्तव्यमा पु¥याउन उद्यमी व्यवसायी बन्न, युवा महिला सबैलाई उहाँको अनुरोध छ । केन्द्र प्रदेश र स्थानीय सरकारले उद्यमी व्यवसायीलाई प्रोत्साहित गरेर उद्यम मैत्री नीति निर्मण गरी बजार प्रवद्धनमा सहयोग पु¥याएको खण्डमा घरेलु तथा साना उद्योग झन फस्टाउने ग्रामीण अर्थतन्त्र बलियो हुने उहाँको तर्क छ । २०७५ सालमा उद्योग मन्त्रालयबाट उत्कृष्ट महिला उद्यमीको रुपमा, इण्डीयाको बेदान्त संस्थाबाट र त्यसै गरी महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयबाट समेत निरु वैदार सम्मानित हुनुभएको छ । यसले उद्यम गर्न झन हौसला मिलेको उहाँको भनाई छ ।
