मेलम्ची नगरपालिकाको आयोजना र महिला पतंजली योग समिति सिन्धुपाल्चोकको संयोजनमा मेलम्ची नगरमा चैत्र ४ देखि बैशाख ११ सम्म भएको ३६ दिने सह–योग शिक्षक प्रशिक्षणको समापन कार्यक्रमको प्रमुख अतिथि पतंजली योग समिति बाग्मती प्रदेश प्रमुख ग्रुवेन तौजले र मेलम्ची नगरपालिका प्रमुख आईतमान तामाङ्गले संयुक्त रुपमा समुद्घाटन गर्नुभयो ।
मेलम्ची नगरपालिका वडा नं. ११ का वडाध्यक्ष चन्द्र बहादुर तामाङ्गले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा पतंजली योग समिति मेलम्ची नगरका संयोजक सुनिल श्रेष्ठले तालिम निकै उपयोगी रहेको र यस तालिमबाट सिकेका अभ्यासहरुलाई जनजनमा पु¥याउने दायित्व सबै तालिम लिएकाहरुले गर्नुपर्ने बताउनुभयो । उक्त कार्यक्रममा महिला पतंजली योग समितिका अध्यक्ष कविता रावत, क्याम्पस प्रमुख राधाकृष्ण श्रेष्ठ, पतंजली योग समिति काभ्रेका अध्यक्ष हरिशरण श्रेष्ठले मन्तव्य राख्नुभएको कार्यक्रममा तालिम लिएर दिक्षित हुनुभएका १५० जना भन्दा बढी स्थानियहरुलाई प्रमाण पत्र वितरण गर्दै प्रमुख अतिथि ग्रुवेन तौजलेले आफुले सिकेका योग विधिहरु जनजनमा पु¥याई स्वस्थ समाज निर्माण गर्नुपर्ने र आफ्नो दायित्व र राष्ट्रभूमि प्रति आफ्नो योगदान पु¥याउन आग्रह गर्नुभयो ।
सभापतिको आसनबाट नगर प्रमुख आईतमान तामाङ्गले तत्कालै मेलम्ची नगरमा ३ वटा योग केन्द्र खोलिने र मेलम्ची नगरको १३ वटा वडामानै योग शिक्षा फैलाउन वार्षिक १० लाख रुपैयाँ बजेट विनियोजन गर्ने र सके सम्म चाडो मेलम्ची नगरमा योग भवन निर्माण गर्ने बचनबद्धताका साथ उक्त कार्यक्रममा सरिक हुनुभएका पतंजली योग समिति सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, भक्तपूर, ललितपूर, र काठमाडौँका पदाधिकारीहरु र दैनिक योग प्रशिक्षण दिनुहुन प्रशिक्षकहरुलाई मायाँको चिनो सहित सम्मान गर्नुका साथै नगर प्रमुख तामाङ्गले ३६ दिन सम्म निरन्तर योग प्रशिक्षणमा समन्वय भूमिका खेल्ने र योग प्रशिक्षण दिनुहुने बाग्मती प्रदेश प्रमुख ग्रुवेन तौजले, प्रदेश सदस्य दमनकुमार श्रेष्ठ र महिला पतंजली योग समितिका अध्यक्ष कविता रावतलाई दोसल्ला ओढाई सम्मान पत्र र मायाँको चिनो सहित कदर पत्र प्रदान गरिएको थियो, र सोहि कार्यक्रमबाट सुनिता श्रेष्ठको संयोजकत्वमा पतंजली योग समिति मेलम्ची नगर कमिटि गठन गरिएको थियो । यसै विच स्वामी रामदेव महाराजले सन्यास लिएको दिन अर्थात रामनवमीको पावन अवसरमा योग भवनमा स्वामी रामदेव महाराजको फोटोमा संस्थाका अध्यक्ष श्री हरीशरण श्रेष्ठ, बाग्मती प्रदेश एंव काभ्रे जिल्लाका सल्लाहकार सरिता शाक्य लगायत संस्थाका पदाधिकारीहरु एंव शुभेच्छुक योग साधक साधिकाज्यूहरुबाट फुलको माला, गुच्छा अर्पण गरी कार्यक्रम गरिएको थियो ।
सोहि अवसरमा बेलुकी ४ः०० बजे बनेपाको गणेस्थान मन्दिरको परिसरमा बाग्मती प्रदेश प्रमुख गु्रविन तौजलेको प्रमुख आतिथ्यतामा होम यज्ञ गरी सहभागी सम्पूर्णलाई प्रसाद वितरण गरी कार्यक्रम गरिएको थियो । सोहि कार्यक्रममा पतंजली योग समिति काभ्रेका अध्यक्ष हरीशरण श्रेष्ठ, उपाध्यक्ष प्रकाश कायष्ठ, महामन्त्री मोहन कृष्ण श्रेष्ठ, संगठन मन्त्री श्याम कुमार श्रेष्ठ, कोषाध्यक्ष कान्छा कुमार श्रेष्ठ, सञ्चार प्रभारी मिलन भक्त श्रेष्ठ, महिला अध्यक्ष अनु श्रेष्ठ, उपाध्यक्ष ईन्दिरा तौजले, संगठन मन्त्री पूण्य श्रेष्ठ, कोषाध्यक्ष निर्मला श्रेष्ठ, लगायत योग साधक साधिकाहरुको उपस्थिति रहेको थियो । कार्यक्रम संचालन मन्त्री माधव प्रसाद श्रेष्ठज्यूबाट संचालन गर्नुभएको थियो यसै विच रातामाता पात्लेगाउँ योग साधना केन्द्र पंतजली योग समिति काभ्रेको आयोजनामा नमोबुद्ध नगर योग समितिको व्यवस्थापन तथा रातामाता पात्लेगाउँ योग साधना केन्द्रको समन्वयमा १२ दिने उप योग शिक्षक तालिमको एक समारोहका विच पतंजली योग समिति नेपाल बाग्मती प्रदेश प्रमुख ग्रुविन तौजले र नमोबुद्ध नगरपालिका वडा नं. २ का वडाअध्यक्ष श्री कविराज श्रेष्ठज्युबाट संयुक्त रुपमा उद्घाटन गर्नुभयो ।
कार्यक्रमको सभापतित्व पंतजली योग समिति काभ्रेका अध्यक्ष हरीशरण श्रेष्ठले गर्नुभएको थियो । स्वागत मन्तव्य महिला पतंजली योग समिति काभ्रेका अध्यक्ष अनु श्रेष्ठले गर्नुभएको थियो । शुभकामना मन्तव्य नमोबुद्ध नगरपालिका वडा नं. २ का वडा अध्यक्ष कविराज श्रेष्ठज्यूले र पतंजली योग समिति काभ्रेका अध्यक्ष हरीशरण श्रेष्ठज्यूबाट धन्यवाद ज्ञापन गर्नुभएको थियो । कार्यक्रम संचालन महिला महामन्त्री कमला राजभण्डारी ज्यूबाट र सहभागी नमोबुद्ध योग समितिका संयोजक रामहरी आचार्य, शिक्षक कमला श्रेष्ठ मैनाली, रातामाता पात्लेगाउँ योग साधना केन्द्रका संयोजक नवराज आचार्य प्रमुख अतिथि प्रदेश प्रमुख ग्रुविन तौजलेबाट प्रमुख अतिथिको मन्तव्य एंव प्रशिक्षण दिनुभएको थियो । तालिममा ३१ जना सहभागी भएको थियो ।
