IMG-LOGO

पनौती मुक्तिनाथमा दोश्रो ब्रम्होत्सव प्रारम्भ

 मंगल, बैशाख १८, २०८१  ---

          पनौती वडा नं ५ बाँसघारी स्थित मुक्तिनाथ मन्दिरमा दोश्रो ब्रम्होत्सव प्रारम्भ भएको छ । मन्दिर संरक्षण समितिले पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । महोत्सवमा बैशाख १६ गते पुर्वाङ्ग गरि सुरु गरिने ब्रम्होत्सव १९ गते सम्म हुने भएको छ भने पुर्वाङ्गका दिन विष्वक्सेन आराधना, पेण्याहवाचन, आङ्कारारोपण ब्रम्हणवरण, अग्निप्रतिष्ठा, ध्वाजारोहण हुनेछ ।

          २०८१ बैशाख १७ गते द्धारतोरणपुजनम, चतुस्थानार्चन, नित्यहोम, नित्यपूर्णाहुती हुनेछ । सोहि दिन श्रदेवी, भुदेवी बल्लभ, श्री मुक्तिनाथको  यात्रात्सव हुने प्रचार प्रसार समितिका संयोजक भोला थापाले जानकारी दिनुभएको छ ।

          बैशाख १८ गते नित्यपुजाका साथै महापुर्णाहुती, र मध्यान्हपछि १ सय ८ कलशद्धारा श्रीदेवी, भूदेवी, बल्लभ मु२िक्तनाथ भगवानको महाभिषेक, श्रीपुष्पयागम, द्धादशाराधना, सत्तावरणम, ध्वाजरोहण हुनेछ भने बैशाख १९ गते मुक्तिनाथ भगवानको महाभिषेक हुने आयोजकले जानकारी दिएको थियो ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्