पनौती नगरपालिका वडा नं १० का अध्यक्ष मोहन बहादुर भण्डारीको अनसन बसेको एक दिन मै फासफुस भई चट भएको छ । पनौती खोपासी क्लवघर पार्टीखर्क खोपासी पावरहाउस पुल सम्मको सडक स्तरउन्नती सहित पिच वर्षौ सम्म नगरेको , नागरिकहरुले कष्ट बेहोर्नु परेको भन्दै वडा अध्यक्ष भण्डारी आइतबार अनसन बस्नुभएको थियो । सडक स्तरउन्नती गर्ने दरविलो आधार खडा नगरी आफूले अनसन नतोड्ने बताउँदै आउनुभएका वडा अध्यक्ष भण्डारीले किन एकदिनमै अनसन तोड्नुभयो भनि स्थानियले सर्वत्र विरोध गरेका छन् । आइतबार जिल्ला समन्वय समिति प्रमुख दिपक कुमार गौतम र पनौती वडा नं १०का अध्यक्ष मोहन कुमार भण्डारी बीच दुई बँुदे सर्वसहमति गरी अनसन तोडिएको छ । पनौती ९ पुलदेखि खोपासी हुँदै क्लबघर पार्टीखर्क सडकलाई आ.व २०८१÷०८२को संघ र प्रदेश सरकारको बजेटबाट समावेश गरी पक्की सडकमा स्तरोन्नती गरी सम्पन्न गर्ने, खोपासी डबली देखि पावरहाउस पुल सम्मको सडकलाई आ.व २०८१÷०८२ को बजेट कार्यक्रममा समावेश गराई पक्की सडकमा स्तर उन्नती गर्ने सहमती गरियो भनि वडा अध्यक्ष भण्डारी र जिल्ला समन्वय समिति काभे्र प्रमुख गौतमले सर्वसहमति पत्रमा हस्ताक्षर गर्नुभएको छ ।
