IMG-LOGO

तेश्रो किड्स काभे्रको उपाधि रुभाना र आदर्शलाई

 मंगल, बैशाख १८, २०८१  ---

          काभ्रे–सिल्भर साइन इन्टरटेन्मेन्टको आयोजनामा सञ्चालित तेस्रो किडस् काभ्रेको उपाधि रुभाना मानन्धर र आदर्श बञ्जाराले प्राप्त गर्न सफल भएका छन् । शनिबार सम्पन्न भएको तेस्रो किडस् काभ्रेको उपाधि केटीतर्फ रुभाना मानन्धर र केटातर्फ आदर्श बञ्जाराले प्राप्त गरेका हुन् । त्यस्तै, फस्ट रनर अपमा केटीतर्फ अनिभा आलेमगर र केटातर्फ पाल्देन लामा भएका छन् भने सेकेन्ड रनर अपमा केटीतर्फ संज्ञा थिङ तामाङ र केटातर्फ अनुस राजबहाक छनोट भए । प्रतियोगितामा प्रनिशा गौतम र रियान केसीले जुरी अवार्ड पाएका छन् ।

          प्रतियोगिताका विजयीहरुलाई जिल्ला समन्वय समितिका प्रमुख दिपककुमार गौतमले पुरस्कार वितरण गरेका थिए । प्रमुख गौतमले बालबालिकामा भएका प्रतिभा प्रस्फुटन गराउनका लागि यस प्रकारको कार्यक्रम प्रभावकारी हुने बताउँदै आजका बालबालिका भोलिका देशका कर्ता भएको बताए ।

          प्रतियोगितामा ८ जना केटी र ८ जना केटा गरी १६ जना बालबालिकाहरुको सहभागिता रहेको थियो । मोडल रचना गौतम, पत्रकार कपिल कोइराला र स्वास्थ्यकर्मी एवं स्वास्थ्य उद्यमी शिव दाहाल निर्णायक भूमिकामा रहेका थिए । आयोजक टिमका जानुका खदाल, निशा श्रेष्ठ र सोनी श्रेष्ठले सभापतित्व गरेका थिए ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्