IMG-LOGO

संस्थागत सुशासन तथा स्वमुल्याङ्कन तालिम

 मंगल, बैशाख १८, २०८१  ---

 

          बनेपा नगरपालिका र जिल्ला वचत संघ काभ्रेको आयोजनामा मिति २०८० चैत्र २६ बाट सन्चालन भएको सहकारी संस्थाको संस्थागत सुशासन तथा स्व–मूल्याकन सम्वन्धी तालिमको आठौ दिनमा भूमि व्यवस्था , सहकारी तथा गरिबी निबारण मन्त्रालयका तर्फबाट शाखा अधिकृत पवित्रा ढकालले तालिमको अनुगमन गर्नु भएको छ । सहकारी संस्थाको स्व मूल्यांकनको प्रावधान नेपालमा अन्यत्र कतै पनि भएको जानकारी नभएको र यसले सहकारी संस्थाका सम्वन्धित सबै पक्षलाई जिम्मेवार बनाउन र सहकारीको खस्किदो साखलाई माथि उकास्न तालिमले ठूलो भूमिका खेल्न सक्ने कुराको जानकारी गराउनु भयो ।  आठौ दिनको तालिम मिति २०८१ बैसाख १२ गते सम्म सम्पन्न हुँदा ९४ वटा सहकारी संस्थाहरुको २८० जना सहभागी  भएको .कुरा  संस्थाका सहायक प्रवन्धक रवी कुमार केसीले बताउनुभयो  । बनेपा नगरपालिका  सहकारी  साखा प्रमुख  दिनेश कुमार पोख्रेल र जिल्ला  बचत संघ  काभ्रेका प्रबन्धक  गुरुप्रसाद ढकालले प्रशिक्षण दिनु भएको थियो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्