IMG-LOGO

काभे्र —१ ‘प्रज्ञा विमोचन’

 मंगल, बैशाख १८, २०८१  ---

               एमाले निकट बुद्धिजिवी परिषद् काभ्रेले ‘काभ्रे प्रज्ञा १’ प्रकाशन तथा नव वर्ष २०८०को शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । एमाले पोलिटब्युरो सदस्य तथा पूर्व मन्त्री गोकुल बास्कोटाले काभ्रे प्रज्ञाको विमोचन गर्नुभएको थियो । कार्यक्रम पोलिटब्युरो सदस्य गोकुल बास्कोटाले देश निर्माण र समृद्धका लागि बुद्धिजिवीहरुले सकारात्मक सक्रियता  सल्लाह, सुझाव र समन्वय आवश्यक भएको बताए । ‘जिल्ला निर्माणको विश्लेषणात्मक सुझाव आवश्यक छ’–नेता बास्कोटाले भन्नुभयो –‘जिल्लामा  आयोजना संचालन भएका छन् । वस्तु स्थिती बुझ्ने आवश्यक के हो ? कुन क्षेत्रमा के गर्नु आवश्यक छ ? कसरी अघि बढ्दा आम नागरिकहरुलाई प्रभावकारी सेवा दिन सकिन्छ ? कस्तो निती अवलम्बन गर्नुपर्छ ? नागरिकहरुको जीवन सहज बनाउन के गर्नु पर्छ ? सुझाव र कार्ययोजना सहितको रुपरेखा  तयार गरी नेतृत्वलाई दिनु आवश्यक रहेको  बताउनुभयो ।

               कार्यक्रममा अध्यक्ष डा.अम्बुभवानी कार्कीले पहिलो पटक संस्थागत विकासका सवाललाई अभिलेखिकरण गरिएको बताउनुभयो । उप सचिव भिमसेन केसीले संचालन गरेको उक्त कार्यक्रममा संविधान सभा सदस्य रामहरी सुवेदी, बुद्धिजिवी परिषद्का केन्द्रिय सचिव डा. दिपेन्द्र श्रेष्ठ, नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष अशोक ब्याञ्जु, उपाध्यक्ष चन्द्र लामा, सचिव राजन भुर्तेल, उप सचिव राजकुमार सापकोटा, अनेमसंघ केन्द्रिय कमिटी सचिवालय सदस्य रिता ढकाल, बुद्धिजिवी परिषद् इन्चार्ज एवं जिल्ला कमिटी सदस्य प्रकाश रोक्का, बुद्धिजिवी परिषद्का सदस्य डा.राममणी सापकोटा लगायतको  आतिथ्यथा रहेको थियो । २०४७ सालमा बनेपाका केदारनाथ प्रधानाङ्गको संयोजकत्वमा पहिलो कमिटी गठन भएको थियो । ३३ वर्षको पहिलो पटक परिषद्ले पुस्तक प्रकाशन गरेको हो । हालसम्म परिषद्का १२ वटा अधिबेशन सम्पन्न भएका छन् ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्