IMG-LOGO

आभाष साकोसले ग¥यो ज्येष्ठ नागरीक सम्मान

 मंगल, बैशाख १८, २०८१  ---

                              बनेपामा रहेको आभाष बचत तथा ऋण सहकारी संस्था लिमिटेडले शनिबार एक कार्यक्रमका बीच जेष्ठ  सदस्यहरुलाई सम्मान गरेको छ । संस्थामा आवद्ध १ सय ९१ जेष्ठ सदस्यहरुलाई प्रमुख अतिथि बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्यले  सम्मान गर्नुभयो । सम्मान हुनेहरु मध्ये अकिलबहादुर शाहिलाई उत्कृष्ट बचत गर्ने जेष्ठ सदस्यका रुपमा सम्मान गरिएको थियो । संस्थाका अध्यक्ष दिनेशराज कायष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाका प्रमुख सल्लाहकार सुरकृष्ण बैद्य, बनेपा नगरपालिकाका वडा अध्यक्षहरु, जिल्ला सहकारी संघका अध्यक्ष दिलिप शर्मा, काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारीका अध्यक्ष उदयराम कायष्ठ, संस्थाका उपाध्यक्ष ग्रुवेन तौजले, प्रकाश कायष्ठ लगायतले आभाष सहकारीले दिएको सेवा, सहकारीको भुमिका र बर्तमान अबस्थाका बारेमा चर्चा गर्नुभएको थियोे । बि.स. २०७४ साल देखि संस्थाले निरन्तर रुपमा जेष्ठ सदस्यहरुलाई सम्मान गर्दै आएको छ । यो वर्ष बनेपा शाखाबाट १ सय ६३ जना, पनौती सेवा केन्द्रबाट १४ र भकुण्डे सेवा केन्द्रबाट १४ जना गरी १ सय ६३ जना सम्मानित भएको प्रमुख व्यवस्थापक सुवास बैद्यले जानकारी दिनुभयो । संस्थाका अध्यक्ष दिनेशराज कायष्ठले आभाष साकोसले शेयर सदस्यहरुको आर्थिक, सामाजिक र सांस्कृतिक अवश्यकता पुरा गर्दै, सदस्य मृत्यु राहत, छोरी अभियान, गरीब तथा जेहन्दार विद्यार्थी छात्रवृति कार्यक्रम र गम्भीर प्रकृतिको रोग लागेकाहरुको लागि स्वास्थ्य उपचार कार्यक्रम सञ्चालन गर्दै आएको बताउनु भयो ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्