स्वामी रामदेव महाराजले सन्यास लिएको दिन अर्थात रामनवमीको पावन अवसरमा योग भवनमा स्वामी रामदेव महाराजको फोटोमा संस्थाका अध्यक्ष हरीशरण श्रेष्ठ, बाग्मती प्रदेश एंव काभ्रे जिल्लाका सल्लाहकार सरिता शाक्य लगायत संस्थाका पदाधिकारीहरु एंव शुभेच्छुक योग साधक साधिकाहरुबाट फुलको माला, गुच्छा अर्पण गरी कार्यक्रम गरिएको थियो ।
सोहि अवसरमा बेलुकी ४ः०० बजे बनेपाको गणेस्थान मन्दिरको परिसरमा बाग्मती प्रदेश प्रमुख गु्रविन तौजलेज्यूको प्रमुख आतिथ्यतामा होम यज्ञ गरी सहभागी सम्पूर्णलाई प्रसाद वितरण गरी कार्यक्रम गरिएको थियो । सोहि कार्यक्रममा पतंजली योग समिति काभ्रेका अध्यक्ष श्री हरीशरण श्रेष्ठ, उपाध्यक्ष प्रकाश कायष्ठ, महामन्त्री मोहन कृष्ण श्रेष्ठ, संगठन मन्त्री श्याम कुमार श्रेष्ठ, कोषाध्यक्ष कान्छा कुमार श्रेष्ठ, संचाल प्रभारी मिलन भक्त श्रेष्ठ, महिला अध्यक्ष अनु श्रेष्ठ, उपाध्यक्ष ईन्दिरा तौजले, संगठन मन्त्री पूण्य श्रेष्ठ, कोषाध्यक्ष निर्मला श्रेष्ठ, लगायत योग साधक साधिकाहरुको उपस्थिति रहेको थियो । कार्यक्रम संचालन मन्त्री माधव प्रसाद श्रेष्ठबाट संचालन गर्नुभएको थियो ।
उपयोग शिक्षक तालिम शुरु
रातामाता पात्लेगाउँ योग साधना केन्द्र पंतजली योग समिति काभ्रेको आयोजनामा नमोबुद्ध नगर योग समितिको व्यवस्थापन तथा रातामाता पात्लेगाउँ योग साधना केन्द्रको समन्वयमा १२ दिने उप योग शिक्षक तालिमको एक समारोहका विच पतंजली योग समिति नेपाल बाग्मती प्रदेश प्रमुख श्री ग्रुविन तौजले र नमोबुद्ध नगरपालिका वडा नं. २ का वडाअध्यक्ष श्री कविराज श्रेष्ठज्युबाट संयुक्त रुपमा द्धिप प्रज्वलन गरी उद्घाटन गर्नुभयो । कार्यक्रमको सभापतित्व पंतजली योग समिति काभ्रेका अध्यक्ष हरीशरण श्रेष्ठले गर्नुभएको थियो । स्वागत मन्तव्य महिला पतंजली योग समिति काभ्रेका अध्यक्ष अनु श्रेष्ठले गर्नुभएको थियो । शुभकामना मन्तव्य नमोबुद्ध नगरपालिका वडा नं. २ का वडा अध्यक्ष कविराज श्रेष्ठज्यूले र पतंजली योग समिति काभ्रेका अध्यक्ष हरीशरण श्रेष्ठज्यूबाट धन्यवाद ज्ञापन एंव सभा विसर्जन गर्नुभएको थियो । कार्यक्रम संचालन महिला महामन्त्री कमला राजभण्डारी ज्यूबाट र सहभागी नमोबुद्ध योग समितिका संयोजक रामहरी आचार्य, शिक्षक कमला श्रेष्ठ मैनाली, रातामाता पात्लेगाउँ योग साधना केन्द्रका संयोजक नवराज आचार्य प्रमुख अतिथि प्रदेश प्रमुख ग्रुविन तौजलेज्यूबाट प्रमुख अतिथिको मन्तव्य एंव प्रशिक्षण दिनुभएको थियो । तालिममा ३१ जना सहभागी भएको थियो ।
