IMG-LOGO

धुलिखेल वडा नं १ मा एक घर एक धारा जडान 

 मंगल, बैशाख ११, २०८१  ---

         धुलिखेल नगरपालिका वडा नं १ मितिनीछाप मा एक कार्यक्रम मार्फत एक घर एक धारा को उद्घाटन सम्मन भयो । धुलिखेल नगरपालिका प्रमुख असोक व्यञ्जु  श्रेष्ठको प्रमुख आतिथ्य र वडा अध्यक्ष सन्त बहादुर  तामाङ को विशेष अथितिमा सो कार्यक्रम सम्पन्न भयो । प्रमुख अतिथी व्यञ्जु ले एक घर एक धारा सम्पन भएको उपभोक्ता समिती लगायत सम्पुर्ण मितिनीछाप बासिलाइ धन्यबाद दिदै धुलिखेल १ मा भएका विभिन्न बिकासका  कामहरुको बारेमा चर्चा गर्नु भएको थियो । यसै कार्यक्रम मा बोल्दै यस वडाका अध्यक्ष सन्त बा तामाङ ले अब का दिन्मा आइपर्ने समस्या समाधान र संरक्षण को लागि वडाबाट गर्नु पर्ने कुनै पनि कुराको कमि नहुने बताउनु भयो । कार्यक्रम मा नेकपा एमाले धुलिखेल नगर कमिटी अध्यक्ष दयाराम महत, पुर्व वडा अध्यक्ष रमेश घोरसाइने लगयत विभिन्न बिसयमा चर्चा गर्नु भएको थियो कार्यक्रम हरि प्रसाद भट्टराई को सभापतित्वमा र कार्यक्रम को सन्चालन गोल्मा देबि आबि का प्र अ गोबिन्द प्रसाद घोरसाइनेले गर्नु भयको थियो । उक्त खानेपानी आयोजनाबाट १ सय २२ घर धुरी लाभान्वित हुने छन् ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्