नेपाली कांगे्रस धुलिखेल नगरको प्रथम नगर सम्मेलन शनिबार धुलिखेलमा सम्पन्न भएको छ । नेपाली कांगे्रस धुलिखेल नगर कार्यसमितिको आयोजनामा प्रथम नगर सम्मेलन सम्पन्न भएको नगर सभापति बिदुर बस्नेतले जानकारी दिनुभयो । कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधि सभामा प्रमुख सचेतक रहेका नेपाली कांगे्रसका रमेश लेखकले कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । कांगे्रस केन्द्रिय सदस्य शिवप्रसाद हुमागाइ, कांगे्रस बागमती प्रदेशका महामन्त्री कञ्चनचन्द्र वादे, नेपाली कांगे्रस काभे्रका सभापति रहेका वागमती प्रदेशका पूर्व मन्त्री तर्थि लामा, नेपाली कांगे्रस काभे्रका उपसभापति ठाकूर प्रसाद न्यौपाने, रमेश प्रसाद हुमागाइ, सचिव गुणराज मोक्तान, नेता अच्युत पौडेल, रामकृष्ण हुमागाई, जिल्ला सदस्य मञ्जकुमार कोजू, प्रतिनिधि सभा क्षेत्र नं १ का सभापति दिनेश लामा, प्रदेश सभा २ (क) का सभापति हेम लामा, विदुरबहादुर बस्नेत, पूर्व सभापति विमलकुमार व्यञ्जु, उपसभापति पुण्यवती घले, सचिव सुरज श्रेष्ठ, लगायतले सम्मेलनमा मन्तव्य राख्नुभएको थियो ।
