IMG-LOGO

बडालगाउँमा सम्पन्न श्रीमद् भागवद्को सामाजिक परीक्षण ६६ लाख ८४ हजार संकलन

 मंगल, बैशाख ११, २०८१  ---

         श्री जनचेतना युवा समूह मुल आयोजक समिति र धुलिखेल नगरपालिका वडा नं ८ संरक्षणमा भएको श्रीमद भागवद धनधान्यनञ्चल महायज्ञको हर हिसाब सार्वजनिक गरी सामाजिक परीक्षण सम्पन्न भएको छ । शनिबार आयोजित एक भेलामा ६६ लाख ८४ हजार ४ सय ७ सहयोग रकम प्राप्त भएको हिसाब  प्रस्तुत गरिएको थियो । धुलिखेल नगरपालिका वडा नं ८ का अध्यक्ष विनोद गौतमको आतिथ्यथा तथा समितिका अध्यक्ष रमेश प्रसद न्यौपानेको सभापतित्वमा सम्पन्न भएको उक्त भेलामा सचिव नवराज बडालले सहयोग दाताहरुको नामावली प्रस्तुत गर्नुभएको थियो । ६६ लाख ८४ हजार ४ सय ७  रकम संकलन भएको र कुल खर्च १३ लाख ७१ हजार ५ सय ८९ भएको कुरा समितीकी कोषध्यक्ष पार्वती केसीले जानकारी गराउनुभएको थियो । सहयोग रकम प्राप्त दानपेटिकाबाट तुलादान, धान विक्री, कलश विक्री  समेतको आम्दानी रकम समावेस गरिएको श्रीमाद् भागवत मुल आयोजक समितिका सहसंयोजक रमेशप्रसाद बडालले बताउनुभयो । वैदिक सनातन धर्मको संरक्षण सम्वद्धन गर्दै धुलिखेल ८ बडालगाउँको बहल्टार क्षेत्रमा उत्पती भएको शिवलिङ्ग प्रतिक भएको क्षेत्रमा बहल्टारेश्वर महादेवको मन्दिर निर्माण गर्ने उद्देश्यका साथ आयोजित श्रीमाद् भागवत् महापुराण सप्ताहको उद्घाटन कमलानयन आचार्य श्रीजीमहाराज श्री मुक्तिनाथ बाबाले गर्नुभएको थियो २०८० चैत्र १७ गतेदेखि २४ गते सम्म सञ्चालन श्रीमाद् भागवद् महायज्ञमा स्थानीय क्षेत्रकै आचार्य पण्डित सुदर्शन बडाल, विष्णुहरी बडाल र रामहरी बडालले कथा वाचन सहित ज्ञान प्रवाह गर्नुभएको थियो भने उहाँँहरुले आफूहरुले प्राप्त गर्ने दक्षिणा सहित पनि मन्दिर निर्माणको लागि सहयोग उपलब्ध गराउनुभएको थियो । गणेशको भूमिकामा रहनुभएका कृष्णहरी बडाल र सानुराम सुवेदिले समेत आफूले प्राप्त गर्ने दक्षिणा मन्दिर निर्माणकै लागि सहयोग गर्नुभएको थियो ।  मन्दिर निर्माणका लागि धुलिखेल २० लाख बजेट धुलिखेल नगरपालिका र धुलिखेल वडा नं ८ बाट १० लाख बजेट उपलब्ध गराउने भएको छ । स्थानीय तिर्थ प्रसाद बडालले ३ आना जग्गा दान गर्ने घोषणा गर्नुभएको छ । उक्त सामाजिक परीक्षण भेला कार्यक्रममा जनचेतना यूवा समूहका संस्थापक अध्यक्ष उद्धवप्रसाद वडाल, पूर्व अध्यक्ष साधुराम बडाल, स्थानीय नागरिक र बुद्धिजीवीको सहभागितामा रहेको थियो ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्