नमोबुद्ध नगरपालिका वडा न २ बेला स्थित बिपि राजमार्गमा बस र सुमो एक आपसमा ठोकिँदा ६ जना घाईते भएका छन ।दुर्घटनामा परि सुमोमा सवार १० जना मध्ये चालक सहित ६ जना घाईते रहेका छन् । घाईतेहनेहरुमा महोतरी जिल्ला बर्दिबास बस्ने बर्ष ५२ की रासुदेवी महरा तेस्तै सोही स्थान बस्ने बर्ष ४८ की सुमिन्द्र देवी सङै महोतरी ३ बस्ने वर्ष ३९ की दुर्गा वराईली सर्लाही जिल्ला लालबन्दी बस्ने बर्ष ३५ की सबिना थपलिया र सोही जिल्ला लालबन्दी नै बस्ने सविना थपलियाको छोरी वर्ष ८ की सन्हया थपलीया, महोत्तरी ३ बस्ने बर्ष ३४को सुमन बि।क र चालक धनुषा जिल्ला यज्ञे भुमि नगरपालिका ८ बस्ने बर्ष ५५ को बिषेश्वर बुर्गामगर घाईते भएका हुन । चालक प्रहरी चौकी भकुण्डेको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ । भकुण्डे बाट धुलिखेल आउदै गरेको बा ३ ख ८१५५ नम्ब्बरको बस र धुलिखेलबाट भकुन्डे जाँदै गरेको ना १ ज ४३७७ नम्बरको सुमो एकआपसमा ठोक्किँदा खाँदा दुर्घटना भएको हो ।
