IMG-LOGO

केयुको विज्ञ टोलिद्धारा हाइड्रोजन उत्पादनका लागि अनुसन्धान प्रारम्भ

 मंगल, बैशाख ११, २०८१  ---

         नुवाकोटको भूमि नेपाल हाइड्रो कम्पनी  लि बाट तादी जबविद्युत आयोजन नेपाल मै हाइड्रोजन उत्पादन परियोजना सञ्चालनका लागि काठमाडौं विश्व विद्यालयको हाइड्रोजन ल्यावमा शुक्रबार विज्ञ र सञ्चारकर्मी बीच छलफल भएको छ । वर्षातको समयमा उत्पादन भएको विद्युतलाई खेर जान नदिन र नेपालमै विद्युतको अधिकतम प्रयोग गरी देशलाई आर्थिक समृद्धिको बाटोमा लग्ने उदेश्यका साथ काठमाडौं विश्वविद्यालय धुलिखेल र बुद्धभूमि नेपाल हाइड्रो  कम्पनी बीच शुक्रबार सञ्चारकर्मीहरुको रहोबरमा दुवैबीच सम्झौता गरिएको हो । खेर गएको विद्युतलाई स्टोरेज गरी नेपालमा नै हाइड्रोजन उत्पादन गरी पेट्रोलियम पदार्थ प्रयोग गर्ने यातायातका साधन घटाउने उद्देश्यका साथ उक्त परियोजना सञ्चालन गर्न लागिएको कुरा काठमाडौं विश्व विद्यालयका स्कुल अफ इन्जिनियरिङ डिपार्टका प्रमुख प्रोफेसर डा. मनिष पेखे्रलले बताउनुभयो । विद्युतको प्रयोग गरी ज्₂इ उत्पादन गर्ने र अक्सीजन लाई बाहिर फाल्ने एच ब्रीज हाइड्रोजन मेशिनमा उत्पादीत ग्रीन हाइड्रोजन संरक्षण गर्न सकिने प्रबन्ध गरिएको कुरा हाइड्रोजन ल्यावका परीयोजना इन्जिनियर नितेश यादवले बताउनुभयो । विद्युतको प्रयोग गरेर वाटर फिल्टर गर्ने, प्यूरिफाइज गरि हाइड्रोजन उत्पादन गर्ने र एच ब्रीजमा स्टोरेज गर्ने प्रविधिको अनुसन्धानको लागि कार्य प्रारम्भ गरिएको प्रोजेक्ट इन्जीनियर यादवले उल्लेख गर्नुभयो । हाइड्रोजन उत्पादन गर्ने मेशिनको २ करोड जति पर्छ । कोरीयामा भने यातायातका साधन हाइड्रोजनको प्रयोगबाट गुडाउने गरिएको छ । १ किलो हाइड्रोजनबाट १ सय २० किमी जति गुड्ने गरेको कुरा प्रोजेक्ट इन्जीनियर यादवले बताउनुभयो । नेपालमा भने विद्युतबाट चल्ने कार र मोटरसाइकल भित्रिएका छन् । उर्जा मन्त्रालयले नीति निर्माण गरेपनि हाइड्रोजनबाट सञ्चालन हुने यातायातका साधन भित्र्याउने कानुन भने अहिलेसम्म बनेको छैन । खेर गएको विद्युतलाई कसरी पुन प्रयोग गर्न सकिन्छ भन्ने उद्देश्यका साथ परियोजना सञ्चालन गर्न लागिएको  काठमाडौं विश्व विद्यालयले जनाएको छ । ग्रीन हाइड्रोजन उत्पादनको लागी अनुसन्धान गर्ने, ग्रीन हाइड्रोजन योजना प्रभावकारी लागि विद्यूतको सहि उपयोग गरी ग्रीन इलेक्«िटसिटी पाल्न्ट बनाउने बनाउने र परीयोजना सफल बनाउन दुवै सशक्त भई लागि पर्ने लगायतका ३ बुँदे सम्झौता पत्रमा हस्ताक्षर भएको छ । काठमान्डौ विश्व विद्यालयको तर्फबाट स्कुल अफ इन्जीनियरीङ डिर्पाटका प्रमुख प्रोफेसर डा. मनिश पोखरेल, ग्रीन हाइड्रोजन ल्यावका टिम लिडर डा. विराज थापा, र एकेडेमीक इन्ड्रस्टीज कोअर्डिनेटर डा. राम लामा, त्यसैगरी बुद्ध भूमी नेपाल हाइड्रोजन कम्पनीको तर्फबाट कम्पनी अध्यक्ष पुर्नलाल श्रेष्ठ, निर्देशक बलराम खतिवडा, र प्रमुख कार्यकारी अधिकृत शेखरकुमार सुवेदिले सम्झौतामा हस्ताक्षर गर्नुभएको छ । 

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्