IMG-LOGO

विश्वविद्यालय अनुदान आयोगको उद्यमसिलता सहयोग रकम हस्तान्तरण

 मंगल, बैशाख ११, २०८१  ---

         बनेपा, काभे्र बहुमुखी क्याम्पस बनेपाका विद्यार्थीलाई विश्व विद्यालय अनुदान आयोगको सहयोगमा उद्यमशिलता सहयोग (भ्क्ए) अन्तरगत ४० लाख हस्तान्तरण सम्पन्न भयो । विउ पूंजी रकम एक कार्यक्रमका विच आइतबार क्याम्पसका अध्यक्ष लम्बोधर कायस्थ र बनेपा नगरपालिका प्रमुख शान्तिरत्न शाक्यले कलेजका विद्यार्थी फर्निचर व्यवसायी पुरुषेतम नेपाललाई उक्त रकम हस्तनन्तरण गर्नुभएको हो । क्याम्पस प्रमुख केजी वैदारले स्वागत मन्तव्य व्यक्त गर्दै विद्यार्थीहरुले पढ्दै गर्दै गर्ने र उद्यमी व्यवसायी बनेर आर्थिक समृद्धिको बाटोमा अघि बढाउन यस्ता खालका योजनवद्ध कार्यक्रम योजनालाई थप प्रभावकारी बनाउँदै लग्ने बताउनुभयो । फर्निचर व्यवसायी पुरुषेतम नेपाललाई पहिलो चरणमा २४ लाखको चेक हस्तान्तरण गरिएको र बाँकी रकम छिट्टै हस्तान्तरण गर्ने क्याम्पसले जनाएको छ । भन्जा फर्निचर उद्योग प्रालिका प्रोपाइटर पुरुषेतम नेपालले १२ महिनाको प्रयासबाट विश्व विद्यालय अनुदान आयोगले प्रपोजल पास गरेको र देशमै नमुना नयाँ खालको फर्निचर जुन रुखको जराबाट फर्निचर निर्माण गरी विक्रि वितरण गर्ने योजना बनाएको बताउनुभयो । स्थानीय कृष्णबुद्ध बजागाई, क्याम्पसका सहायक प्रमुख अर्चना हाडा, सह प्राध्यापक ईश्वरी ओझा विद्यार्थी र सञ्चारकर्मीहरुको सहभागिता रहेको कार्यक्रमको सञ्चालन माधव तिमल्सिनाले गर्नुभएको थियो । 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्