काभ्रे । नेपाल पत्रकार महासंघ केन्द्रको सर्कुलर अनुसार काभ्रेले नयाँ सदस्यता नदिएको भन्दै काभ्रेका क्रियाशील पत्रकारहरुले संघर्ष समिति गठन गरेका छन् । काभ्रेको बनेपामा सोमबार क्रियाशील पत्रकारहरुले आफ्नो पेशागत हितको लागि साझा रहेको संस्थामा आफूहरुको सबै मापदण्ड पुरा गरेर फाइल बुझाए पनि सो उपर कुनै पनि प्रकृया आगाडी नबढाएको भन्दै सघंर्ष समिति गठन गरेको छ । क्रियाशील पत्रकारहरु मणिराम दाहाल, पूजन धिताल, मनकाजी सुवाल, रोशन पौडेल, भक्त बहादुर दाहाल, अमित न्यौपाने, हरिहर घिमिरे, बालकृष्ण बजगाई लगायत दुई दर्जन भन्दा बेसी क्रियाशील पत्रकारहरुले सो संघर्ष समितिमा एकेबद्वता जनाएका छन् । महासंघ काभ्रे शाखाले निरन्तर पत्रकारीता गरेका पत्रकारहरुको समेत नाम काटेर अन्याय गरेको कुरा कृयाशिलहरुले बताउँदै आएका छन् ।
