IMG-LOGO

काभ्रे बहुमुखी क्याम्पसका विद्यार्थी रोशीमा

 मंगल, बैशाख ४, २०८१  ---

 

     रोशी गाउँपालिकाको सुशासन, बिकास र कार्यसम्पादन अध्ययन अवलोकनका लागि काभ्रे बहुमुखी क्याम्पस बनेपाका बिद्यार्थी रोशी पुगेका छन् । मंगलबार कार्यसम्पादनमा काभ्रेमै पहिलो भएको रोशीको कार्यसम्पादन अध्ययन अवलोकनका लागि विद्यार्थी त्यहाँ पुगेका हुन् । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको कार्यसम्पादन मूल्यांकनमा काभ्रेका स्थानीय तहहरू मध्ये ७२ दशलव ३९ अंंक प्राप्त गरी रोशी गाउँपालिका जिल्लामा पहिलो भएको थियो । क्याम्पसका सह–प्राध्यापक इश्वरी ओझाको नेतृत्वमा गएका विद्यार्थीहरुले जनप्रतिनिधि र कर्मचारीहरूसँग अन्र्तक्रिया गरेका थिए । अन्र्तक्रियामा रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाले सुशासनमा रही कार्यसम्पादन गरीरहेको बताए । सुशासनलाई पालना गर्दै रोशीको बिकासमा लागि परेको लामाको भनाई छ । गाउँपालिकाको विकास र नागरिकलाई सेवा दिनको लागि मध्यमकालिन खर्च संरचना तयार पारेरै कार्यसम्पादन गरीरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर तामाङले बताए । जनप्रतिनिधिले योजना बनाउने र कर्मचारीले योजना कार्यान्वयन गर्दै अगाडी बढेको उनले बताए । काभ्रे बहुमुखी क्याम्पसका सह–प्राध्यापक इश्वरी ओझाले कार्यसम्पादनमा रोशीगाउँपालिका जिल्लाकै पहिलो भएको विद्यार्थीहरूले सञ्चारमाध्यमबाट थाहा पाएपछि त्यहाको सुशासन र विकास हेर्न जाने चाहना राखे बामोजिम अवलोकन भ्रमणको आयोजना भएको बताए । सो कार्यक्रममा रोशीको सुशासन, बिकास र कार्यसम्पादन सम्बन्धी विद्यार्थीहरूले जिज्ञासा राखेका थिए भने प्रमुख प्रशासकीय अधिकृत लामाले उत्तर दिएका थिए ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्