IMG-LOGO

सिविक फोरम र सञ्चारकर्मीबीच अन्तरक्रिया

 मंगल, बैशाख ४, २०८१  ---

    दिगो विकासका लागि नागरिक मञ्च (सिविक फोरम) काभे्रले विहिबार सञ्चारकर्मीहरुसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । काभे्र जिल्लामा सुरक्षित वैदेशिक रोजगारका लागि आप्रवासी श्रोत केन्द्र सञ्चालन, धुलिखेल नगरपालिकामा समुदाय सचेतिकरणका कार्यक्रमहरु, मनोसामाजिक परामर्श र वित्तय साक्षरता सम्बन्धि कार्यक्रमहरु धुलिखेल नगरपालिकाको नेतृत्व तथा सिविक फोरमको सहजिकरणमा सञ्चालन भईरहेको प्रमुख कार्यकारी अधिकृत बसन्त कुँवरले जानकारी दिनुभयो । सुरक्षित आप्रवासन परियोजना (सामी) कार्यक्रमले वैदेशिक रोजगारमा जाने र तिनका आश्रित परिवारलाई सहजिकरण गर्दै आएको बताइएको छ । सुरक्षित आप्रवासन (सामी) नेपाल सरकार र स्विस सरकारवीच सञ्चालित परियोजना हो । यो परियोजनाले श्रम, रोजगार, सीप, सामाजिक सुरक्षा जस्ता क्षेत्रमा काम गरिरहेको छ । वैदेशिक रोजगारीबाट सृजित समस्या,  ऋण, ठगि, जेल शोषण, अलपत्र, अंगभंग, पारिवारिक वेमेल, छोडपत्र, विखण्डन, सामाजिक लाञ्छना, मानसिक तनाव, बालबच्चा र वृद्धहरुको हेरचाहमा समस्या देखिएको बताइएको छ  । ’स्वदेशमा नै रोजगारी गरौं, वैदेशिक रोजगारीमा जाने नै भए सही सुचना लिएर र सीप सिकेर मात्रै जाऔं’ संस्थाको मुल सन्देश रहेको छ । स्वीस सरकार र नेपाल सरकारको सहयोगमा सञ्चालित ३ वर्षे परियोजना काभ्रेका रोशी र भुम्लु गाउँपालिका, मन्डनदेउपुर र धुलिखेल नगरपालिकामा सञ्चालित छ ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्