बनेपा नगरपालिका सहकारी शाखा र जिल्ला बचत संघ काभे्रको संयूक्त आयोजनामा २०८० चैत्र २५ गते देखि २०८१ बैशाख १८ गते सम्म सहकारी संस्थाहरुलाई सुशासन र दिगो विकासका लागि जिल्ला भित्रका प्रारम्भीक सहकारी संस्थाहरुका सञ्चालक र कर्मचारीहरुलाई तालिम कार्यक्रम सञ्चालन गरेको छ । जिल्ला बचत संघ काभे्रका अध्यक्ष उदयराम कायस्थको सभापतित्वमा सम्पन्न कार्यक्रममा बनेपा नगरपालिका सहकारी शाखा प्रमुख दिनेश पोखरेल, बचत संघ काभे्रका सचिव सुरेन्द्र पौडेल, प्रबन्धक गुरुप्रसाद ढकाल लगायतले प्रशिक्षण दिनुभएको थियो । १ सय १० जनाको सहभगिता रहेको तालिम कार्यक्रमको सहजिकरण संघका उप प्रबन्धक रवि केसीले गर्नुभएको थियो ।
