IMG-LOGO

श्रीखण्डपुर र साँगामा विस्केट जात्रा

 मंगल, बैशाख ४, २०८१  ---

 

     धुलिखेल नगरपालिकाको पुरानो बजार श्रीखण्डपुर वडा नम्वर ५ मा परापूर्वकाल देखि संचालन हुँदै आएको विस्केट जात्रा यो वर्ष पनि भब्य र सब्य रुपमा स्थानीयहरुले मनाई रहेका छन् । श्रीखण्डपुर चाडपर्व जात्रा ब्यवस्थापन समितिले विस्केट जात्रा ब्यवस्थापन गरेको कुरा समितिका अध्यक्ष हरिगोपाल प्रधानाङ्गले बताउनु भयो । वडा अध्यक्ष प्रमोदसुन्दर श्रेष्ठ, पुर्व वडा अध्यक्ष पूर्णबहादुर कर्माचार्य, वडा सदस्यहरु भुवन श्रेष्ठ, सजना खड्गी, पुजारी देव विलास गुभाजु, चेतलाल सेवाचार्य लगायतका स्थानीयहरुको भेलाले जात्रा ब्यवस्थित रुपले संचालन गर्ने निर्णय गरेको थियो ।

     निर्णय बमोजीम जात्राका लागि आवश्यक पर्ने लिङ्गो ल्याउने, लिङ्गो ठड्याउने तथा रथ तयार गर्ने तथा त्यसलाई ब्यवस्थित रुपले संचालन गर्न गरिएको तयारी अनुसार जात्रा संचालन भईरहेको वडा अध्यक्ष प्रमोद सुन्दर श्रेष्ठले जनाउनु भयो ।

     श्रीखण्डपुरमा हुने विस्केट जात्रामा पोङ्ग बाजा बजाउने गरिएको छ । उक्त बाजा यो वर्ष मुख्य पुजामा मात्रै बजाउने निर्णय गरिएको थियो । २०८० चैत्र ३० गते देवता निकाल्ने समयमा, देवता प्रतवध गर्ने समयमा, बैशाख १ गते सासकुश गर्ने समयमा, बैशाख २ गते रथ चलाउने समयमा, रथ चिवालयबाट फर्कने समयमा, कलँदान सके पछि रथ चल्ने समयमा र देवता भित्राउने समयमा उक्त बाजा अनिवार्य बजाउने गरिएको छ ।

     श्रीखण्डपुर महिला समुहको अगुवाईमा बजार भित्र गरिने पुजा चैत्र ३० गते गरिएको छ । त्यस्तै बैशाख २ गते आज कलँदानलाई वहाँटोलको वडा कार्यालय रथ पुगे पछि स्वास्थ्य चौकी, प्रकाश पुस्तकालय, पुण्यमाता पुल हुँदै शेषनारायण सुवालको घर हुँदै द्वारे लोकबहादुर प्रधानको घरमा पुगी द्वारे लिएर वहाँटोलमा पुगी कलँदानको पुजा गरिएको थियो । लिङ्गो बैशाख ५ गते ढालिनेछ । कार्यक्रम टयभएको समितिको अध्यक्ष प्रधानाङ्गले बताउनुभयो । यसैगरी साँगामा पनि विस्केट जात्रा मनाएको स्थानीय जयदेश श्रेष्ठले बताउनु भयो ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्