यसैबीच महिला जागरण समूहको आयोजना एवं टेवा नेपालको सहयोगमा सामुदायिक सुरक्षा जालो तथा महिलावादि आन्दोलनको सुदृढिकरण विषयमा रहेर सार्वजनिक सुनुवाई कार्यक्रम विहिबार बनेपा पार्टि भेन्यूमा सम्पन्न भएको छ । बनेपा नगर प्रमुख शान्तिरत्न शाक्यको प्रमुख आतिथ्यता एवं टेवा नेपालकी निर्देशक उर्मिला श्रेष्ठको सभापतित्वमा उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा उपस्थित सहभागीहरुले आ आफ्नो समस्या सम्बन्धित पक्षलाई सुनाएका थिए । बनेपा नगर प्रमुख शान्ति रत्न शाक्य, उप प्रमुख विमला सापकोटा दाहाल, वडा नं ८ की अध्यक्ष शुभलक्ष्मी मानन्धर, बनेपा वडा नं ३ का वडाध्यक्ष रमेश दाहाल, नेपाल पत्रकार महासंघ काभे्र अध्यक्ष बद्रीराज तिमल्सिना, काभे्र उद्योग वाणिज्य संघ अध्यक्ष राजेन्द्र पसछे, महिला उद्यमी मञ्चकी अध्यक्ष रामेश्वरी मानन्धर, इप्रका बनेपाका प्रहरी निरिक्षक प्रकाश पौडेल लगायतले सहभागीले गरेका गुनासोहरुलाई सम्बोधन गर्नुभएको थियो । महिला जागरण समूहकी अध्यक्ष निर्मला श्रेष्ठले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सञ्चालन सञ्चारकर्मी सचित खड्काले गर्नुभएको थियो ।
