बागलुङ जिल्ला तेक्वान्दो आइ.टिएफ संघको आयोजनामा बैशाख ७ र ८ गते हुने प्रथम आइ.टिएफ तेक्वान्दो मेयर कप राष्ट्रिय प्रोफेश्नल च्याम्पेनसिप २०८१ को लागि बागमती प्रदेश तेक्वान्दो आइ.टिएफबाट खेलाडी छनोट गरी पठाएको कुरा अध्यक्ष किसोर बरुणले जानकारी दिनुभयो । बागमती प्रदेश तेक्वान्दो आइ.टिएफबाट रिक्सन वाइबा तामाङ्, मनिष भैल, रिया श्रेष्ठ, रजनी रेग्मी, खेलाडीहरु सिफारिस गरी पठाएको टिम व्यवस्थापक नरेश राज कायस्ठले बताउनुभयो । उक्त राष्ट्रिय प्रोफेश्नल च्याम्पेन्सीप २०८१ का लागि टिम कोचमा धनराज मोक्तान रहनुभएको छ ।
