पक्राउ पर्नेहरुमा जनमुक्ति सेनाका पुर्व कमाण्डर प्रभात तामाङ, जनमुक्ति सेनाका कार्यकर्ता धिरज भनिने श्यामकृष्ण मैनाली, सिजन भनिने मानबहादुर तामाङ र दुर्गालाल तामाङलाई पक्राउ परेको छ । प्रभातलाई काठमाडौ स्थित बनस्थलीबाट बर्गर हाउसमा नयाँ बर्ष मनाईरहेका बेला पक्राउ गरिएको हो भने मानबहादुरलाई सकेट बम राखेकै दिन आशंकामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मैनाली र दुर्गालाललाई बनेपाबाट आईतबार दिउँसो पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । प्रभात र मानबहादुरको म्याद थप गरी अनुसन्धान भइरहेको छ ।
पक्राउ परेका मध्ये दुई जनालाई जिल्ला अदालत काभ्रेपलाञ्चोकबाट म्याद थप गरी अनुसन्धान शुरु गरिएको छ । बाँकी दुईको म्याद थपिएको छैन । जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता डिएस्पी राजकुमार श्रेष्ठले प्रभात तामाङ सहित चार जना आशंकाका आधारमा पक्राउ गरेको थप अनुशन्धान भइरहेको डिएसपी राजकुमार श्रेष्ठले जानकारी दिनुभयो । काठमाडौमा पक्राउ परेका प्रभातलाई भने साँझ पख प्रहरीले काभ्रे ल्याई थप अनुशन्धान थालेको थियो ।
रोशी गाउँपालिका ५ नागबेली निवासी ठाकुरानी तामाङको घरका ढोका र आँगनमा अज्ञात समुहले चार वटा सकेट बम राखेको थियो । उक्त बमलाई नेपाली सेनाको कालीजंग गण धुलिखेलले निष्क्रिय पारेको थियो । बिस्फोटक पदार्थ सहित गएका १५÷२० जनाको समूहले रोशी गाउँपालिका ५ नागबेली निवासी ठाकुरानी तामाङको बगैँचामा रहेको बहुमूल्य बुद्धचित्तको रुख काटेको थियो । फूल फुल्दै फक्रदैं गरेको बुद्धचित्तको रुख काटिएको प्रहरीले जनाएको छ । उक्त रुख यो वर्ष ३ करोडमा विक्री गरिएको थियो । २०८० चैत्र २९ गते राति १ बजे हातहतियारसहित आएका झण्डै २० जनाको समूहले डरत्रास देखाउँदै बुद्धचित्तको रुख काटेको घर परिवारको भनाइरहेको छ । पीडितको तर्फबाट पक्राउ परेका चार जना सहित ८ जना विरुद्ध किटानी जाहेरी दर्ता गरिएको प्रहरीले जनाएको छ ।
