बनेपा नगरपालिका वडा नं. ७ मा कार्यलय रहेको पुन्यश्वर बचत तथा ऋण सहकारी संस्थाको प्रमुख कार्यकारी अधिकृत पक्राउ परेका छन् । रामेछाप जिल्ला सुनापाति गाउँपालिका वडा १ घर भई हाल बनेपा नगरपालिका वडा न ७ बस्ने मुक्तिनाथ गौतमको नाती डम्बर प्र.गौतमको छोरा बर्ष ३४ कुमार गौतमलाई ठगि सम्बन्धि कसुर मुद्दामा पक्राउ गरिएको हो । उनलाई काभ्रे प्रहरी टोलिले काठमाडांै मुलपानिबाट पक्राउ गरेको हो । थप अनुसन्धान कार्य अघि बढाएको काभे्र धुलिखेलका जिल्ला प्रहरी सुचना अधिकारी राजकुमार श्रेष्ठले जानकारी दिनुभयो । यसै गरी काभ्रे उद्योग वाणिज्य संघका उपाध्यक्ष समेत रहेका कैलाश पलाञ्चोके सहकारी संस्थाहरुको आर्थिक अपचलन गरी रकम नतिरहेकोमा फरार सूचिमा रहेको लामो समय पछि जिल्ला प्रहरी कार्यालय काभ्रेले पक्राउ गरेको हो ।
