रोशी गाविस ४ डाँडागाउ स्थित पिप्सेगैरा सामुदायिक वनमा लागेको आगो सोही स्थान बस्ने बर्ष ४१ को कुल बहादुर ईस्लामी मगरको ढुंगा माटो र जस्ताले छाएको २ तले कच्चि घरमा एक्कासि आगो सल्किन गई घर सगै जोडिएको बाख्रा बाध्ने गोठमा समेत आगोलागी हुँदा २३ वटा बाख्रा र घर छेउमा रहेको १ वटा बंगुर समेत जलि मृत्यु भएको साथै घर भित्र रहेको अन्नपात, लत्ताकपडा, भाँडाबर्तन, २ तोला बाराबरको सुनको गहना र नगद रु ५५ हजार समेत जली घर र बाख्राको गोठ पुर्ण रुपमा नष्ट भएको मानवीय क्षेती नभएको, जिल्ला प्रहरी कार्यालय धुलिखेल काभ्रेले जनाएको छ । अन्य क्षेतीको विबरण खुल्न बाँकी रहेको, स्थानीय र प्रहरीको सहयोगमा आगो निभाउने कार्य भएको प्रहरीले जनाएको छ ।
