IMG-LOGO

विन्ध्यबासिनी मन्दिर श्रीखण्डपुरमा चैत्र २७ गते देखि श्रीमद् भागवद महायज्ञ हुने

 मंगल, चैत २७, २०८०  ---

     श्रीखण्डपुरमा रहेको विन्ध्यबासिनी मन्दिरमा चैत्र २७ देखि २०८१ बैशाख ५ गतेसम्म श्रीमद् देवी भागवद नवाह ज्ञान महायज्ञ आयोजना गरिने भएको छ । विन्ध्यबासिनी आध्यात्मिक प्रतिष्ठान, श्रीमद् भागवत नवाह ज्ञान महायज्ञ मूल आयोजक समितिका अध्यक्ष कृष्णप्रसाद तिमल्सिनाले महायज्ञ सम्पन्न गरेर बचेको रकमबाट विन्ध्यबासिनी मन्दिर पूजा आरती तथा श्री महर्षि मुद्गल सान्दिपनी गूरुकुलम संचालन गर्दा भएको खर्च मिलान गर्ने जानकारी दिनुभयो । साथै  विन्ध्यबासिनी गुरुकुल संचालन सँगै जेष्ठ नागरिक पार्क, महाँकाली तथा छलेश्वर सिँढीमार्ग निर्माण गरिने लक्ष्य रहेको छ । स्वामी निशेषानन्द महाराजजीले बताए । श्रीमद् देवी भागवत नवाह ज्ञान महायज्ञमा शास्त्री दामोदर उपाध्यायले बाचन  गर्नुहुनेछ भने पण्डित दीपक शर्मा दाहाल उपबाचकका रुपमा रहनुहुनेछ  । उक्त कार्यक्रमका बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा स्वामी निशेषानन्द महाराजजी, प्रतिष्ठानका उपाध्यक्ष प्रदिप थापा, सल्लाहकार उद्धव तिमल्सिना, सचिव रामप्रसाद तिमल्सिना, संचालक समितिहरु, आजिवन सदस्यहरु लगायत पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

 

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्