IMG-LOGO

समुन्नत पाठशालाको छैठौं दीक्षान्त समारोह

 सोम, चैत २६, २०८०  ---

 

     समुन्नत पाठशालाको छठांै वार्षिकोत्सव तथा चौथो दीक्षान्त समारोह शनिबार अरनिको पार्टी प्यालेसमा  सम्पन्न भएकोे छ । धुलिखेल ४ बखुण्डोलमा रहेको पाठशालाको उक्त कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि काठमाडौ विश्वविद्यालयका उपकुलपति प्रा.डा भोला थापाले बालबालिकाहरुको सिकाई र ज्ञान सानै देखि बलियो र गुणस्तरीय बनाउन सकियो भने भविष्यमा थप कक्षाहरुमा प्राप्त हुने ज्ञान मजबुत हुन सक्ने धारणा राख्नुभयो । १९ जना बालबालिकाहरुलाई दिक्षित गरिएको कार्यक्रममा विश्वविद्यालय स्कुल अफ एजुकेशनका सहायक डिन डा.हेमराज काफ्ले, धुलिखेल नगर प्याब्सनका अध्यक्ष मुक्ति रिजाल, धुलिखेल नगरपालिका शिक्षा शाखा अधिकृत भोज कुमार ठकुरी, अभिभावक, विद्यार्थी एवं शिक्षिकाहरुको उपस्थिती रहेको थियो ।  पाठशालाका अध्यक्ष देवकृष्ण श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रिन्सिल अनिता आचार्यले पाठशालाले बालबालिकाहरुको सिकाई र बालमैत्री वातावरणका लागि अभिभावकहरुले दिएको विश्वास र भरोसालाई अझै बढावा दिने गरी काम गर्ने बताउनुभयो । कार्यक्रममा विद्यार्थीहरुले विविध साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए भने कार्यक्रमको सञ्चालन शिक्षिका केसरी सुवालले गर्नुभएको थियो ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्