किडजोन मन्टेश्वरी स्कुलको दोश्रो अभिभावक दिवस तथा दिक्षान्त समारोह शनिबार सनराईज रिसोर्ट धुलिखेलमा सम्पन्न भएको छ । धुलिखेल नगरपालिका वडा नं ४ का वडा अध्यक्ष उत्तम प्रसाद तिमल्सिनाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा विद्यार्थीहरुले सामुहिक तथा एकल विविध साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । विद्यालयकी प्रिन्सिपल शितल के.सीले मन्टेश्वरी शिक्षा पद्धतीबाट छोटो समयमै किडजोन मन्टेश्वरीले ख्याती कमाउँदै गएको उल्लेख गर्नुभयो । धुलिखेल ४ छापगाउँमा रहेको उक्त विद्यालयको दीक्षान्त समारोहमा शैक्षिक, सामाजिक क्षेत्रमा क्रियासिल व्यक्तिहरु, अभिभावक, विद्यार्थीहरुको उपस्थिति रहेको थियो । सहायक प्रिन्सिपल प्रिति थापाले उक्त कार्यक्रमको सञ्चालन गर्नुभएको थियो ।
