नयाँ वर्षको अवसरमा आउँदो चैत्र २९ गते देखि वैशाख ३ गतेसम्म दोलालघाटमा चौंथो दोलालघाट महोत्सव हुने भएको छ । प्राकृतिक, साँस्कृतिक, कृषि र व्यापार दोलालघाट पर्यटन प्रर्वद्धन विकासको आधार भन्ने मुल नारा आयोजित महोत्सवको साँस्कृतिक पर्यटन तथा नागरिक उड्यानमन्त्री हितबहादुर तामाङले उद्घाटन गर्ने तय भएको मुल समारोह समितिका संयोजक एवं दुलालेश्वर वातावरणीय तथा समाज सेवा क्लबका अध्यक्ष अष्ठबहादुर श्रेष्ठले जानकारी दिनुभयो । दोलालघाटमा कृयासिल रहेका संघ संस्थाहरु दुलालेश्वर वातावरणीय तथा समाज सेवा क्लब, दोलालघाट उद्योग बाणिज्य संघ, समृद्ध दोलालघाट टोल विकास समिति, दोलालघाट वनदेउ विकास तथा सुधार समितिले आयोजना गरेको दोलालघाट महोत्सवमा विविध साँस्कृतिक कार्यक्रम, सुनकोशी तथा इन्द्रावतीका लोकल माछाका परिकारहरु उपलब्ध हुनेछन् । ढुङ्गे सेकुवाका परिकारहरु, काठे डुगां सञ्चालन, बाल उद्यान रमाईलो मेला (रोटेपिङ, कोलम्बस, हात्तिघोडा, ड्रागन रेल, मिकिमाउस, फिरफिरे रेफ, जम्पिङ), स्थानीय परिकार साहित्यका समेना गृह, बोटिङ, स्वास्थ्य शिविर, धार्मिक स्थलहरुको प्रचार प्रसार, कृषी प्रर्दशनीका स्टलहरु रहने अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।
साथमा नयाँ वर्ष विशेष कार्यक्रम, निर्माणधिन बुद्धपार्क तथा भ्यू टावरको अवलोकन, भूम्लु गाउँपालिका भित्र रहेका पर्यटकीय स्थलहरुको प्रचार प्रसार, टिकटक जोन र बीच भलिबल लगायतका कार्यक्रमहरु सञ्चालन हुनेछन् । महोत्सव वैशाख ३ गते समापन हुनेछ । काभे्र प्रतिनिधि सभा क्षेत्र नं २ का सांसद एवं पूर्वमन्त्री गोकुल बास्कोटा, वैशाख १ गते प्रदेश मन्त्री लक्ष्मण लम्सालको समापन कार्यक्रममा आतिथ्यता रहनेछ ।
