बनेपामा रहेको ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठान अन्तर्गत ज्ञानकुञ्ज किन्डरगार्टेनको यु.के.जी. तहमा अध्ययनरत विद्यार्थीहरु दीक्षित भएका छन् । शैक्षिक प्रतिष्ठानका अध्यक्ष सुरकृष्ण वैद्यको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा ५७ जना विद्यार्थीहरु दीक्षित भएका हुन । प्रतिष्ठानका अध्यक्ष सुरकृष्ण वैद्यले शैक्षिक गुणस्तर, आधुनिक शिक्षण सिकाइ, वैज्ञानिक र बालमैत्री ढंगले अभिभावकहरुका बिच लोकप्रिय रहेको विद्यालय आगामी दिनहरुमा समेत अझै सशक्त र सबल हँुदै सबैको मन जित्न सफल हुने विश्वास व्यक्त गर्नुभयो । साथै उहाँले दीक्षित विद्यार्थीहरुलाई बधाई तथा शुभकामना दिदै उत्तरोत्तर प्रगति र उज्ज्वल भविष्यको कामना समेत गर्नुभएको थियो । प्रतिष्ठानका प्रबन्ध निर्देशक प्रताप वैद्यले स्वागत मन्तव्य राख्नुहुँदैे बालमैत्री वातावरणमा बाल मनोपरामर्शदाताहरु सहितको उपस्थितिमा शिक्षण सिकाई क्रियाकलाप गरिरहेको जानकारी दिनुभयो । विद्यार्थीहरुको शिक्षाका साथ साथै नेतृत्व विकास, सम्बन्ध निमार्ण, भावनात्मक व्यवहार, क्षमाशीलता लगायत पढाइसँग सम्बन्धित युग सुहाउदो थप कार्यक्रमहरु आयोजना गर्ने उहाँले प्रतिवद्धता व्यक्त गर्नुभयो । शैक्षिक सत्र २०८१ देखि विद्यार्थीहरुलाई किताबी ज्ञानको साथ साथै जीवन उपयोगी शिक्षाको लागि मौसम अनुसारको तरकारी बाली तथा कृषि सम्बन्धी शिक्षा( कौसी खेती), दैनिक दिन चर्यामा आवश्यकीय शिक्षा अन्तर्गत कुकिङ्ग, सिलाइ बुनाई, विभिन्न किसिमको अचार, गुन्दु्रक, मस्यौरा तथा विभिन्न सिजनमा उत्पादन बढी हुने फललाई स्टोरेज तथा ड्राइ गरी अफ सिजनमा प्रयोग गर्न मिल्ने शिक्षा प्रदान गरी विद्यार्थी जीवनबाट नै उद्यमी, व्यवसायी तथा आ–आफ्ना समयको सही सदुपयोग देखि विभिन्न किसिमको वचत तथा मितव्ययिता के हो ? भन्ने शिक्षा प्रदान गर्नेे विद्यालय प्रशासनको उद्देश्य रहेको छ । काभे्रेमा एकै छानामुनि प्ले गुप्रदेखि स्नातकोत्तर तहसम्मको अध्ययन अध्यापन हुने सन्देश ज्ञानकुञ्जले प्रदान गरिसकेको छ । कार्यक्रममा प्रतिष्ठानका सञ्चालक आत्माराम थापा, सहायक कलेज प्रमुख, सहायक प्रिन्सिपल, अभिभावक, शिक्षक÷शिक्षिकाहरुको उपस्थिति रहेको थियो । सोही अवसरमा प्रतिष्ठानका सहायक प्रिन्सिपल रत्नराज खतिवडाले एक वर्षमा विद्यालयले हासिल गरेको उपलब्धीलाई सार्वजनिक गरेका थिए । एक वर्षमा प्ले गुप्रदेखि स्नातकोत्तर तहसम्म अध्ययन, खेलकुद तथा संगीतमा उत्कृष्ट हुने विद्यार्थीलाई प्रतिष्ठानले सम्मान गरेको बताए । कार्यक्रममा किन्डरगार्टेन तहमा अध्ययनरत विद्यार्थी भाईबहिनीहरुले दर्जनाँै भन्दा बढी विभिन्न प्रस्तुतिहरु प्रस्तुत गरेका थिए । दीक्षित भएका विद्यार्थीहरुका अभिभावकहरुले यस्ता प्रकारका समारोहले नानी÷बाबुहरुमा शिक्षण सिकाइमा रुचि बढ्नुका साथै व्यक्तित्व विकासमा समेत वृद्धि भई भविष्यमा असल नागरिक बन्नेमा खुसी व्यक्त गर्दै आगामी दिनहरुमा समेत यस्तै विविध शैक्षिक तथा अतिरिक्त कृयाक्रलाप सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए ।
