काभ्रेको पाँचखालमा श्रीमतीले आफ्नै श्रीमानको हत्या गरेको समाचार छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी तथा प्रहरी नायव उपरिक्षक हरि खतिवडाले दिएको जानकारी अनुसार अन्दाजी ४० बर्षीय राममायाँ दनुवारले श्रीमान अन्दाजी ४० बर्षीय निरञ्जन दनुवारलाई हत्या गरेको बताए । प्रहरी नायव उपरिक्षक खतिवडाले भने, ‘दनुवार दम्पती दैनिक मदिरा सेवन गरी झगडा गरीरहने छिमेकीहरूको जानकारी अनुसार श्रीमतीले नै हत्या गरेकी हुन् की भन्ने प्रहरीले आशंका गरेको छ ।
मृतकको शवलाई पोष्टमार्टम गर्न अस्पताल पठाएको र मृतककी श्रीमतीलाई पक्राउ गरी प्रहरी कार्यालयमा ल्याई अनुसन्धान गरीरहेको प्रहरीले जानकारी दिएको छ ।
