IMG-LOGO

बनेपा हिकारी किन्डरगार्टेनको २१ औं वार्षिकोत्सब

 मंगल, चैत २७, २०८०  ---

 

     बनेपा हिकारी किन्डरगार्टेनको २१ औं वार्षिकोत्सब कार्यक्रम शनिबार स्मार्ट पार्टी प्यालेसमा सम्पन्न भएको छ । किण्डरगार्टेनका अध्यक्ष मणि कुमार तुम्रुकको अध्यक्षतामा सम्पन्न कार्यक्रममा युकेजीबाट पास आउट भएका  विद्यार्थीहरुलाई बिदाई, अभिभावक दिवस तथा नव आगन्तुक विद्यार्थीहरुलाई स्वागत गरिएको थियो । बालबाललिकाहरुले विभिन्न सांस्कृतिक कार्यक्रम मार्फत आ आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए । किन्डर गार्टेनले दुई दशक लामो समय जिल्लामा बालबालिकाहरुलाई उपलब्ध गराएको मन्टेश्वरी शिक्षाका बारेमा प्रिन्सिपल शर्मिला केसी सिं ले जानकारी गराउनुभयो । किन्डर गार्टेनले बालबालिकाहरुलाई पढाई सँगसँगै असल संस्कार, प्रयोगात्मक अभ्यास, जापानीज प्रविधि मार्फत सिकाउँदै आएको छ । कार्यक्रममा २३ जना बालबालिकालाई दीक्षित गरिएको थियो ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्