नेपाल प्रेस युनियन काभ्रेले नेपाल पत्रकार महासंघ काभ्रे शाखाको ध्यानाकर्षण गराएको छ । पत्रकार महासंघको सदस्यता टुंगो नलगाई साधारणसभा, अधिवेशन सहितका कुनै पनि प्रक्रिया अगाडी नबढाउन युनियनले विहिबार ज्ञापनपत्र बुझाउँदै ध्यानाकर्षण गराएको हो । प्रेस युनियन काभ्रेका अध्यक्ष नगेन्द्र अधिकारी सहितको टोलिले विभिन्न वहानामा सदस्यता शुद्धिकरण अभियानको अपव्याख्या गर्ने, राजनीतिकरण गर्ने, वक्तव्यवाजी गरेर शुद्धिकरणको मर्म भन्दा पर जादै गरेको प्रति प्रेस युनियन सशंकित भएको भन्दै सदस्यता र मतदाता नामावलीको टुंगो लगाएर मात्र नेपाल पत्रकार महासंघका जिल्ला, प्रदेश र केन्द्रको अधिवेशन÷साधारणसभा गर्न अनुरोध सहितको पत्र नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष बद्रिराज तिमल्सिनालाई बुझाएको छ । युनियनले आफ्नो माग विपरित अधिवेशन÷साधारणसभा सहितका कुनै पनि प्रक्रिया अगाडी बढाएमा सोबाट उत्पन्न हुन जाने परिस्थितिको जवाफदेही स्वयं नेपाल पत्रकार महासंघ काभ्रे शाखा नै हुने समेत सचेत गराएको छ । नेपाल प्रेस युनियन काभ्रे शाखाले यसअघि पत्रकार महासंघ काभ्रेपलाञ्चोक शाखाको बैठक बसेर नयाँ सदस्यताको प्रकृया अघि बढाउन, जारी गतिरोध अन्त्य गर्न ध्यानाकर्षण गराएको थियो । युनियनले बागमती प्रदेश सरकारबाट भवन निर्माणको लागि विनियोजित रकम र स्वीकृत आयोजना तत्काल सम्झौता गरेर नेपाल पत्रकार महासंघ काभ्रे शाखाको भवन निर्माण अघि बढाउन पनि माग गरेको छ ।
