बालबाटीका विद्या मन्दिर हाई स्कुल बनेपाले प्रि–प्राईमरी लेबल (प्ले ग्रुप, नर्सरी, एलकेजी र यु.के.जी) सम्मका विद्यार्थीहरुलाई दीक्षित गरेको छ । प्याब्सनका केन्द्रिय उप महासचिव भिमसेन केसी, विद्यालयका संस्थापक निर्देशक रवि श्रेष्ठ, प्रिन्सिपल रजना प्रधान श्रेष्ठ लगायतले विद्यार्थीहरुलाई प्रमाणपत्र सहित दीक्षित गर्नुभएको थियो । कार्यक्रममा बोल्दै प्रिन्सिपल रजना प्रधानले बालबालिकाहरुको शैक्षिक स्तरीयता वातावरणमा शिक्षा प्रदान गर्न बालाबटीका स्कुलले निरन्तर भूमिका खेलेको बताउनुभयो ।
बालबाटीका विद्यालयले विद्यार्थीहरुको चौतर्फी विकास हुनेगरी शिक्षण सिकाइ गरेको संस्थापक निर्देशक रवि श्रेष्ठले बताउनुभयो । प्याब्सन बागमती प्रदेशका अध्यक्ष केशवलाल श्रेष्ठ, जिल्ला अध्यक्ष श्याम भुजेल, पुर्व अध्यक्ष एवं नमोबुद्ध माविका प्रिन्सिपल सत्यनारायण श्रेष्ठ लगायतले विद्यालयले पु¥याएको शैक्षिक प्रभावकारीताको बारेमा चर्चा गर्नुभएको थियो । कार्यक्रममा विद्यालयका प्रशासनिक प्रमुख डा. प्रेरणा श्रेष्ठ, डा. अनमोल श्रेष्ठ, अभिभावक लगाएतको उपस्थिती रहेको थियो ।
