IMG-LOGO

विनायक बाल आधारभूतको २५ औं जन्मजयन्ती योगदान गर्नेहरुलाई सम्मान गरी मनायो

 मंगल, चैत २०, २०८०  ---

     धुलिखेल –८ बडालगाउँ स्थित विनायक बाल आधारभूत विद्यालयको २५ औं जयन्ति समारोह शुक्रबार काभे्र प्रतिनिधिसभा क्षेत्र नं १ का सांसद सूर्यमान दोङ (लालध्वजले) उद्घाटन गर्नुभयो । समारोहलाई सम्बोधन गर्दै सांसद दोङले शिक्षा क्षेत्रको स्तरीय विकास विना देशको समग्र विकासमा तिव्रता आउन नसक्ने बताउनुभयो । शिक्षा क्षेत्रमा लगानी बढाएर केन्द्र, प्रदेश र स्थानीय सरकारले आ आफ्नो जिम्मेवारी अनुसार कार्य गर्नुपर्ने तर्क सांसद दोङले राख्नुभयो । विनायक स्कुलको शिक्षक टिम, विद्यालयका व्यवस्थापक टिम, र अभिभावकहरु निक्कै मिहेनति भएकोले यहाँका उत्पादित विद्यार्थीहरु अब्बल उत्पादन भएकोमा आफू निक्कै हर्षित भएको सांसद दोङले उल्लेख गर्नुभयो । धुलिखेल नगरपालिकाका नगरप्रमुख अशोक व्यञ्जुले शैक्षिक क्षेत्रको गुणात्मक विकास गर्न नगरपालिकाले ध्यान केन्द्रित गरेको बताउनुभयो । कक्षा कोठा भित्र शिक्षकहरुले राजनिति त्याग्नुपर्ने, शिक्षक संघ संगठनहरुमा आवद्ध शिक्षकहरु स्थानीय तह मातहतको नीति विपरीत मर्म विपरीत भएको नगर प्रमुख व्यञ्जुले बताउनुभयो । नगर यप प्रमुख निराजन जंगम , पूर्व सांसद शिववहादुर देउजा, धुलिखेल– ८ का  अध्यक्ष विनोद गौतम, शिक्षा क्षेत्रकी विमला मिश्र, समाजसेवी विष्णु मिजार, लगायतले मन्तव्य राख्नुभएको थियो । विद्यालयका प्रधानाधपक नवराज तिमल्सिनाले शैक्षिक अवस्थाको बारेमा प्रष्ट पार्नुभएको थियो । दुई दिन सञ्चालन भएको उक्त समारोहमा विहिबार विद्यार्थीहरुको विषयगत शैक्षिक प्रर्दशनीमा व्यवहारीक ज्ञान हाँसिल गरेको कुरा शिक्षक नानीराम धितालले गर्नुभयो । विद्यालयले स्थापना कालदेखि विद्यार्थीहरुलाई सहयोग गर्ने व्यक्तिहरुलाई सम्मान गर्ने गरेको थियो ।

     विद्यालय व्यवस्थापन समितिका अध्यक्ष संस्थापकको तर्फबाट चोलाबहादुर गौतम सदस्यहरु केशव बडाल, उषा कुँवर, रत्नकुमारी चौलागाई, मिलन गौतम, जसोदा बडाल, सन्तोष मिजार, राजकुमार मिजार सम्मानित हुनुभएको छ । जर्मन नेपाल सहयोग संघ, शैक्षिक शसक्तिकरण केन्द्र, जनचेतना युवा समूह धुलिखेल, धुलिखेल वडा नं ८ का अध्यक्ष विनोद गौतम, धुलिखेल अस्पताल, कटुवा पाखा सामुदायिक वन उपभोक्ता समिति, सेभ द चिल्डे्रन, ग्रामीण दिगो विकास सशक्तिकरण, नेपाल राम भक्त कोख श्रेष्ठ स्मृती, प्रतिष्ठान, रोटरी क्लव अफ बनेपा र कोरियन टिम लगायतलाई सम्मान गरेको छ । हरि अधिकारी, गोपाल बडाल, राजु रम्तेल, धनकुमारी लुईटेल, शुभद्रा सुवेदी, विरेन्द्र कुमार चौलागाई, शंकर लुईटेल, सतिदेवि न्यौपाने, सुलोचना बडाल, लक्ष्मी बजगाई , दाम्छिक डोल्मा लामा, नारायण तिमल्सिना, विष्णु प्रसाद तिमल्सिना, दिपा खड्का, चेतमाया चौलागाई, नानु आचार्य, रचना घिमिरे, केशव प्रसाद बडाल, सविता पराजुली, देवी प्रसाद गौतम, देवी प्रसाद चौलागाई लगायत सम्मानित हुनुभएको छ ।

     भुपु विद्यार्थी तर्फ रमेश प्रसाद न्यौपाने, प्रकाश मिजार, र सुस्मिता बयलकोटी सम्मनित हुनुभएको छ ।शिक्षक अभिभावक संघको तर्फबाट रुद्रध्वज खड्का, टिकाराम बडाल, रमेश प्रसाद न्यौपाने र नारायण तिमल्सिना सम्मानित हुनुभएको छ । पूर्व सांसद शिवबहादुर देउजा, जग्गादाता नेत्रकुमारी बडाल, त्यसैगरी विद्यालय संस्थापकहरुको तर्फबाट दामोदर बडाल, स्वर्गीय थरीबहादुर खड्का, साबित्री बडाल, साधुराम बडाल, भक्तबहादुर क्षेत्री, धनबहादुर मिजार, विष्णुबहादुर मिजार, नानीराम बडाल, संस्थाकै तर्फबाट पुण्य प्रसाद तिमल्सिना, आर्थिक सहयोग पु¥याउनेहरु चेतनाथ न्यौपाने, उद्धब प्रसाद बडाल, विद्यालयका प्रधानाध्यापक नमराज तिमल्सिना, शिक्षक ननीराम धिताल, र शिक्षक श्याम ढलकुटी लगायत २ सय १ जना सम्मानित हुनुभएको थियो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्