पतंजलि योग साधनाकेन्द्रबाट भारतको हरिद्वारमा यही २०८० चैत्र १७ गते देखी २३ गतेसम्म स्वामी रामदेव तथा आचार्य वालकृष्ण महाराजको सानिध्यमा हुने महिलाहरुको तालिममा भाग लिन पतंजलि योग समिति महिला काभ्रेका अध्यक्ष अनु श्रेष्ठको नेतृत्वमा ३० सदस्यिय महिलाहरुको समुह हरिद्वार प्रस्थान गरिएको छ । उक्त टोलीलाई बागमती प्रदेश प्रमुख ग्रोवोन तौजले, सल्लाहकार सरिता शाक्य, सदस्य दमन कुमार श्रेष्ठ, जिल्ला अध्यक्ष हरिशरण श्रेष्ठ, उपाध्यक्ष प्रकाश कायष्ठ, महामन्त्री मोहन कृष्ण श्रेष्ठ, कोषाध्यक्ष कान्छा कुमार श्रेष्ठ, सल्लाहकार अंजना श्रेष्ठले सगुन, माला, खादा ओढाई विदाई गर्नु भएको थियो । उक्त टोलीमा काभ्रे जिल्लाबाट १९ जना र सिन्धुपाल्चोकबाट ११ जना गरी ३० जना टोली रहेको छ ।
