बनेपाका सन्देश मानन्धर नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघले हरेक वर्ष देश तथा विदेशमा आयोजित विभिन्न खेलमा उत्कृष्ट प्रदर्शन गरी राष्ट्रिलाई गौरवान्वित बनाएको भन्दै नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघ वर्ष उत्कृष्ट खेलाडी २०७९ अन्तरगत १८ औं नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेली संघ सफल खेलाडी अवार्ड २०८० बाट सम्मानित भएका छन् ।
संघका अध्यक्ष दिपक श्रेष्ठका अनुसार हरेक वर्ष यस्ता खेलाडीहरुलाई सम्मान गरिँदै आएको छ । यो १८ औं सँस्करण हो । सन्देश मानन्धरले फुल कन्ट्रयाक्ट क्योकुशिन कराँतेमा उत्कृष्टता हाँसिल गरेका थिए । देश विदेशमा उत्कृष्ट खेल प्रदर्शन गरी गौरववान्मित नेपालको झण्डा फरफ¥याई नेपाल फुल कन्ट्रयाक्ट क्योकुशिन कराँतेबाट उत्कृष्ट खेलाडी घोषित भउका मानन्धले बागमती प्रदेश तथा काभे्रपलाञ्चोक जिल्लाको समेत नाम उँचो राखेकोमा खेल क्षेत्रका संस्थाहरुले बधाई तथा शुभकामना व्यक्त गरेक छन् । अवार्डको १४औं सँस्करणमा विभिन्न २८ खेलहरुका पुरुष र महिला सहित २८ खेलाडीहरुलाई अर्वाड प्रदान गराएको थियो । १८औं एसियाली खेलकुदको प्रदर्शनलाई आधार मानी चयन गरिएका खेलहरुमा फुटबल, भलिबल, पौडी, टेबलटेनिस, बक्सिङ, सुटिङ, पाराग्लाइडिङ, कुराँस, स्क्वास, कुस्ती, बास्केटबल, जस्ता खेलहरु छन् ।
