बडालगाउँ, श्री जनचेतना युवा समूह धुलिखेल ८ बडालगाउँ मुल आयोजक समितिले आयोजना गरेको धनधान्याञ्चल महायज्ञको शनिबार भव्य रुपमा उद्घाटन भयो । उद्घाटन समारोहमा बोल्दै अनन्तश्री विभूषित मूक्तिनाथ पिठाधिश्वर स्वामी कमलानयन आचार्य श्रीजी महाराज मुक्तिनाथ बाबाले वैदिक सनातन धर्मको संरक्षण सम्वद्र्धन गर्नु नै नेपाल राष्ट्रको हित हुने तर्क गर्नुभयो । राजनितिक दलहरुले गणतन्त्र ल्याउने नामामा २०६२÷०६३ को जन आन्दोलन उपलब्धी मानेर धर्म निरपेक्ष राज्य घोषणा गरी नेपाली जनताहरुलाई धोका दिएको र वैदिक सनातन धर्म मान्नेको वाहुल्यत रहेको देशम त्यसको विपरीत कार्य गर्र्नु गलत भएको तर्क मुक्तिनाथ बाबाले गर्नुभयो । नेपाल राज्य अभूतपूर्व भण्डारण, सम्भावना नै सम्भावना भएको देशमा राष्ट्र र धरतीको माटोलाई माया गरी आम नागरिकको सर्वोतम हित गर्नेहरुको अभाव भएको भनाई प्रमुख अतिथि मुक्तिनाथ बाबाले राख्नुभयो । यहाँको गैर सरकारी सस्था ,जनचेतना युवा समूहले धार्मिक र साँस्कृतिक संरक्षणको खातिर बहल्टारेश्वर महादेव मन्दिर निर्माणको लागि पहल गरेको कदम सह्रानीय रहेको उल्लेख गर्दै उक्त क्षेत्रमा मन्दिर निर्माण मात्र नभई आध्यात्मिक अध्ययन केन्द्र स्थापना गर्न सुझाव दिनुभयो । जनचेतना युवा समूहका अध्यक्ष रमेश प्रसाद न्यौपानेको सभापतित्वमा सम्पन्न कार्यक्रममा धुलिखेल नगरपालिका वडा नं ८ का अध्यक्ष वनोद गौतमले स्वागत मन्तव्य राख्नुभयो । जिल्ला समन्वय समिति काभे्रका प्रमुख दिपक कुमार गौतमले मुलुकमा मठ मन्दिर बनेर मात्र नहुने, युवा वर्गलाई देशमै अवसरको श्रृजना गर्ने गरी कार्य गर्नुपर्ने धारणा राख्नुभयो । काठमाडौं विश्वविद्यालयका उपकुलपति डा. भोला थापाले शिक्षा क्षेत्रको गुणस्तरीय विकास भएको मान्नलाई युवा जनशक्तिलाई देशैमा उपयोग गर्न सक्नुपर्ने धारणा राख्नुभयो । त्यसैगरी संस्थापक उपकुलपति डा. शुरेशराज शर्माले मुलुकको भाग्य र भविष्य निर्धारण गर्ने जनशक्ति विश्वविद्यालयहरुले उत्पादन गरेको भएपनि राज्यले उपयोग गर्न नसकेको, उक्त जनशक्ति विदेशीले उपयोग गरेको तर्क गर्नुभयो । समारोहमा आचार्य पण्डितहरु विष्णुहरी बडाल, सुदर्शन बडाल, रामहरी बडाल, संस्थाका संस्थापक अध्यक्ष उद्धवप्रसाद बडाल, निवर्तमान अध्यक्ष साधुराम बडाल समाजसेवी रामकृष्ण हुमागाई लगायतको आतिथ्यता रहेको थियो ।
तीर्थप्रसाद बडालबाट जग्गा दान गर्ने घोषणा
बहल्टारेश्वर मन्दिर निर्माणका लागि स्थानीय तीर्थप्रसाद (गोपाल) बडालले ३ आना जग्गा दान गर्ने घोषणा गर्नुभएको छ । उहाँका छोरा शुकदेव बडालको सहमतिमा परिवारको नाममा जग्गा दान गरेको तीर्थप्रसाद बडालले बताउनुभयो ।
मन्दिर निर्माणका लागि धु.न.पा ८ ले १० लाख दिने ग¥यो निर्णय
धुलिखेल नगरपालिका वडा नं ८ का अध्यक्ष विनोद गौतमले बहल्टारेश्वर मन्दिर निर्माण गर्न १० लाख उपलब्ध गराउने वडाले निर्णय गरेको बताउनुभयो ।
तेस्रो दिनसम्म १८ लाख ८ हजार संकलन
बहल्टारेश्वर मन्दिर निर्माणका लागि दानविरहरुको आईरो लागेको आचार्य पण्डित सुदर्शन बडालले बताउनुभयो । मन्दिर निर्माण समितिका अध्यक्ष एवं महायज्ञ समितिका उपाध्यक्ष पुरुषेतम बडालले स्थानीय तिर्थप्रसाद बडालले ३ आना जग्गा उपलब्ध गराउने घोषणा गरेसँगै मन्दिर निर्माण हुने विश्वास बढेको बताउँदै तन मन धन र नपुग जग्गा समेत दिन आफु तयार रहेको बताउनुभयो । नेपाली कांगे्रस धुलिखेल नगरसमिति सभापति विदुर बस्नेतले १ लाख ५५ हजार, स्थानीय नारायण बडालले स्वर्गीय मधुबडाल र स्वर्गीय माता राधा देवी बडालको नाममा १ लाख १५ हजार ५ सय ५५ सहयोग गर्नुभयो । श्रीमाद् भागवद् महायज्ञ सञ्चालनको तेस्रो दिन सम्ममा धुलिखेल वडा नं ८ को १० लाख सहित दिने घोषणा सहित १८ लाख ८ हजार ३ सय ८५ संकलन भएको कुरा समितिकी कोषाध्यक्ष पार्वती केसीले काभ्रे टाइम्सलाई बताउँनु भयो ।
