IMG-LOGO

सञ्चारकर्मीलाई स्वास्थ्य सामाग्री

 मंगल, बैशाख २१, २०७८  ---

    अन्तर्राष्ट्रिय प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाल पत्रकार महासंघ काभ्रे शाखाको आयोजनामा बनेपा हेल्थ केयर र काभ्रे रेडियो टेलिभिजन प्रसारक मन्चको सहयोगमा काभ्रेमा रहेका संचार संस्थामा संस्थागत रुपमा स्वास्थ्य सामग्री बितरण सेनिटाइजर, मास्क र फेश शिल्ड वितरण गरेको छ ।
    आज महासंघको कार्यलयमा बनेपा हेल्थ केयरका संचालक जितेन्द्र थापा र काभ्रे रेडियो टेलिभिजन प्रसारक मञ्चका अध्यक्ष सचित खड्काले नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष बद्रीराज तिमल्सिनालाई सामाग्री हस्तान्तरण गर्नुभएको हो । हेल्थ केयर बाट आएको सामाग्री महासंघ अध्यक्ष बद्री राज तिमल्सिनाले ग्रहण गर्नु भएको थियो । साथै उक्त सामाग्री काभ्रे जिल्लामा रहेका रेडियो पत्रपत्रिका र अन्लाईन न्युजहरुलाइ बितरण गरिएको थियो । स्वास्थ्य सामाग्रीहरु बनेपा हेल्थ केयरले रेडियो, पत्रपत्रिका र अन्लाईन न्युजको लागि सौजन्य गरेको थियो भने पत्रकार महासंघ काभ्रेको लागि काभ्रे रेडियो टेलिभिजन प्रसारक मन्च ले सौजन्य गरेको थियो ।
    सामाग्री बितरण स्वास्थ्य मापदण्ड अपनाइ काभ्रेमा रहेका संचार संस्थामा आबद्ध पत्रकारहरुलाई गरिएको थियो । स्वास्थ्य सामाग्री वितरणमा पत्रकार महासंघ काभ्रेका पुर्ब अध्यक्षहरु ईश्वरी ओझा, भोला थापा, महेश पौडेल, नारायण सापकोटा साथै काभ्रेका कृयाशिल पत्रकारहरुको उपस्थित रहेको थियो ।
    पत्रकार महासंघ काभ्रेले अन्तर्राष्ट्रिय प्रेस स्वतन्त्रता दिवसको अवसरमा रचनात्मक कार्यक्रम गर्ने भनिएता पनि कोभिड १९ को कारणले गर्दा अन्य कार्यक्रम गर्न नसकिएकोले पत्रकारहरुलाई सस्वास्थ्य सामाग्री बितरण गरिएको महासंघका अध्यक्ष बद्री राज तिमल्सिनाले बताउनुभयो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्