IMG-LOGO

सहकारीहरुमा सुशासन कायम गर्न तालिम

 मंगल, चैत २०, २०८०  ---

     बचत संघ काभ्रे र शैलुङ्ेश्वरी बचत तथा ऋण सहकारी संघ लि. को संयुक्त आयोजनमा मिति चौरीदेउराली गाउँपालिकाको सभाहलमा दुई दिने सहकारी सम्बन्धी क्षमता अभिवृद्धि तालिम संघका संचालक सदस्य ज्ञानु दाहालको सभापतित्वमा सम्पन्न भएको छ । तालिम चौरीदेउराली गाउँपालिकामा अवस्थित सहकारी संस्थाका संचालक समिति, लेखा सुपरिवेक्षण समिति, विभिन्न उप समिति र कर्मचारीहरुलाई लक्षित गरि उनिहरुको क्षमता अभिवृद्धि गर्दै सहकारीमा दक्ष संचालक निर्माण गर्न र सुशासनयुक्त संस्था निर्माणमा टेवा पु¥याउने उद्देश्यले संचालन गरिएको थियो । तालिममा समग्र गतिविधिहरुलाई समेटदै प्रतिवेदनको प्रस्तुती शैलुङ्गेश्वरी साकोसका उपाध्यक्ष षडान्द गौतमले प्रस्तुत गर्नुभएको थियो । विभिन्न सहकारी संस्थाबाट ४७ जनाको सहभागिता रहेको तालिममा संघका बरिष्ठ उपाध्यक्ष सागरनाथ कपालीले मन्तव्य राख्दै सहकारी संस्थाहरु नीति, विधि र प्रविधिलाई आत्मसाथ गर्दै अगाडी बढ््न आग्रह गर्दै संस्था संचालन र व्यवस्थापन गर्ने क्रममा आवश्यक परेमा जुनसुकै सहयोग र सहकार्य गर्न बचत संघ तयार रहेको कुरा बताउनु भएको थियो । कार्यक्रममा सहभागिहरुलाई प्रमाण पत्र वितरण गर्दै तालिम संचालनका सवल पक्ष र सुधार गर्नुपर्ने कुराहरुको प्रस्तुती सहभागिबाट नै गर्न लगाईएको थियो । दुई दिने तालिममा प्रभावकारी ढङ्गबाट प्रशिक्षण बचत संघका उप प्रबन्धक रवि कुमार के.सीले गर्नुभएको थियो भने तालिम गर्नुको उद्देश्य, औचित्य र पृष्ठभुमिको बारेमा आफ्नो भनाई राख्दै तालिमबाट सिकेका कुराहरुलाई व्यवहारिक जिवनमा लागु गर्न अनुरोध गर्दै तालिम कार्यक्रम समापन भएको घोषणा गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन शैलुङगेश्वरी साकोसका व्यवस्थापक दिपेन्द्र चौलागाईले गर्नुभएको थियो ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्