काभे्रको धुलिखेल नगरपालिका वडा न ९ स्थाई घर भै हाल बनेपा १३ भैसेपाटीमा डेरामा बस्दै आएकी महिलाको हत्या गर्ने एक जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । धुलिखेल नगरपालिका वडा नम्बर ९ घर भई बनेपा नगरपालिका वडा नम्बर १३ भैसेपाटीमा डेरामा बस्दै आएकी ८३ वर्षीय लक्ष्मी तामाङ्गको हत्या गरी सुन लुटपाट गर्ने एक जनालाई काभ्रे प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो ।
सुनसरी जिल्ला धरान उप महामानगर पालिका वडा न ८ घर भई लक्ष्मी तामाङ बस्दै आएको घरमै डेरा गरि बस्ने २९ वर्षका अभिषेक आचार्जुलाई पक्राउ गरी ईलाका प्रहरी कार्यालय बनेपाले सार्वजनिक गरेको हो । आचार्जुले मृतक लक्ष्मी तामाङ्गले कानमा लगाएको सुनको रिङ्गपनि बनेपा वडा न ८ चारदोबाटोमा रहेको बिबेक रत्न सुनचादी पसलमा लगेर धितो राखी रु ३६ हजार लिएको समेत स्वीकार गरेका छन्। आचार्जु लागु औषध समेत सेवद गर्दै आएका प्ररम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । आचार्जुलाई चैत्र १३ गते धुलिखेलबाट पक्राउ गरी काभ्रेपलाञ्चोक जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी थप अनुसन्धानको कार्य भईरहेको प्रहरीले जनाएको छ ।
