चौरिदेउराली गाउँपालिका ६ स्थित देउरालीबाट जैरबाडी जोड्ने कच्ची सडकमा काक्तिके देउरालीबाट भिमपाइला जाँदै गरेको बा प्र ०२००६ ख ५९०५ नं को खाली टिपर दुर्घटना भएको छ । दुर्घटनामा टिपरमा सवार सात जना मध्ये चालक सहित ४ जना घाईते भएका छन् ।
घाईते हुनेमा दोलखा जिल्ला तामाकोशी गाउँपालिकाबस्ने वर्ष ३० का टिपर चालक सिताराम खड्का काभे्र जिल्ला चौरीदेउराली गाउँपालिका ६ बस्ने काईला तामाङ, तारा राज गिरी, सिन्धुपाल्चोक जिल्ला बलेफी गाउँपालिका ५ बस्ने सुवास घिसिङ, रहेको प्रहरीले जनाएको छ । घटनास्थलमा प्रहरी टोलि खटि गएको र टिफर घटनास्थलमै रहेको जिल्ला प्रहरीले जनाएको छ । जिप्रका काभ्रेका डिएसपी राजकुमार श्रेष्ठका अनुसार घाइते चालक गम्भीर अवस्थामा रहेको जनाउन भयो ।
