IMG-LOGO

नेका बनेपा नगरको सम्मेलन

 मंगल, चैत २०, २०८०  ---

 

         नेपाली कांग्रेसका केन्द्रिय सदस्य एब प्रतिनिधिसभा सांसद चन्द्र भण्डारीले पार्टीलाई सुदृढीकरण गर्दै लानुपर्नेमा जोड दिनुभएको छ । नेपाली कांग्रेसको १४ औ महाधिवेशन पश्चात् बनेपा नगर कार्यसमितिको प्रथम नगर सम्मेलनलाई सोमबार सम्बोधन गर्दै उहाँले जनताको दुःखेका मनहरु पुरा गर्न भाषणको मलम काम नलाग्ने भएकोले जनताको आवश्यकता बमोजिमको काम गर्नुपर्ने धारणा राख्नुभयो । बनेपा नगरप्रमुख शान्तिरत्न शाक्यले चुनावी घोषणा पत्र बमोजिम आफूले काम गरिरहेको भन्दै बाँकी रहेको कार्यहरु आफ्नो कार्यकाल भरी सम्पन्न गरी छाड्ने दावी गर्नुभयो । नगरसभापति महेश कुमार कर्माचार्यले काङ्ग्रेस पार्टीप्रति आकर्षित गर्न र गाउँ बस्ती जगाउन अझै मिहेनत गर्ने उल्लेख गर्नुभयो । कार्यक्रममा नगर सचिव यश कुमार रंजितले सांगठनिक प्रतिवेदन, सचिव योगराज दाहालले राजनितिक प्रतिवेदन र कोषाध्यक्ष पदम सुन्दर श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । उक्त कार्यक्रममा नेपाली काङ्ग्रेस काभ्रे जिल्ला कार्यसमितिका उपसभापति ठाकुर न्यौपाने, रमेश प्रसाद हुमाँगाई, सचीव माधब ढकाल, कोषाध्यक्ष जगन्नाथ गिरि लगायत सदस्यहरु, महासमिति सदस्यहरु, भातृ एब शुभेच्छुक संस्थाका प्रमुख एब प्रतिनिधिहरुको बाक्लो उपस्थिति रहेको थियो ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्