चैत्र ७ गते बुधबारबाट मण्डनदेउपुर नगरपालिकाको सिपाघाट स्थित ईन्द्रेश्वर योग साधना केन्द्रमा आयोजना गरिएको १२ दिने उप–योग शिक्षक प्रशिक्षणको पतंजलि योग समिति बागमती प्रदेश प्रमुख ग्रोवेन तौजलेले उद्घाटन गर्नुभयो । उक्त कार्यक्रममा उक्त ६ नं. वडाका वडा अध्यक्ष सोमनाथ ढकाल, पतंजलि योग समिति काभ्रेका अध्यक्ष हरिशरण श्रेष्ठ, ईन्द्रेश्वर योग साधना केन्द्रका संयोजक राजन डोटेल लगायतको उपस्थिति रहेको उक्त कार्यक्रममा ६० जना योग साधक साधिकाहरुले तालिम लिईरहेको उक्त उद्घाटन सत्रको सभापतित्व पतंजली योग समितिका अध्यक्ष हरिशरण श्रेष्ठले गर्नु भएको थियो भने स्वागत् मन्तव्य महिला समितिका अध्यक्ष अनु श्रेष्ठले गर्नुभएको थियो ।
