धुलिखेल नगरपालिका वडा नं ९ नागढुङ्गा स्थित शुभबिहानी होटलबाट कौडा खेल्दै गरेका ५ जना प्रक्राउ परेका छन् । पक्राउ पर्नेको नाम र ठेगाना भने प्रहरीले सार्वजनीक गरेको छैन । उनीहरुको साथबाट पन्ध्र वटा कौडा सहित नेपाली रुपैँया २० हजार ६८० नगर बरामद भएको काभे्रपलाञ्चोक प्रवक्ता डिएसपी राजकुकार श्रेष्ठले जानकारी दिनुभयो । कौडा खेलिरहेको छ भन्ने गौप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय काभे्रपलाञ्चोकबाट खटिएको टोलिले शुसिल रानाभाटले सञ्चालन गरेको शुभबिहानी होटलबाट निजहरुलाई नियन्त्रणमा लिएको हो ।
