IMG-LOGO

स्थानीय पालिकाहरुमा कहाँ कति बने आइशोलेसन वार्ड ?

 मंगल, बैशाख २१, २०७८  रमेशप्रसाद न्यौपाने


    कोरोना भाइरस कोभिड-१९ प्रकोपको दोश्रो लहर दिन प्रतिदिन फैलँदो अवस्थामा छ । परिस्थिति जटिल बन्दै गएको छ । राजधानी सहित प्रमुख शहरहरुमा कोरोना रोकथाम तथा नियन्त्रणका लागि निषेधाज्ञा जारी गरको छ । काभ्रे जिल्लामा पनि हिजो सोमबार देखि बैशाख २६ गते सम्म अति आवश्यक सेवा बाहेक जिल्ला प्रशासन कार्यालय काभ्रेले निषेधाज्ञा जारी गरेको छ । 
    कोरोना रोकथाम तथा नियन्त्रणका लागि कहाँ कति आइसोलेशन वार्ड निर्माण भए थप तयारी के छ भन्ने सन्दर्भमा नगरपालिकाका प्रमुख तथा प्रशासकीय अधिकृत र गाउँपालिकाका अध्यक्षहरुसँग कुराकानी गरी आइसोलेशन वार्ड तयारीको अवस्थाको बारेमा प्रस्तुुत गरिएको छ । बनेपा नगरपालिकाले कोभिड-१९ प्रकोप नियन्त्रण तथा रोकथामको लागि बनेपाको पोलिटेक्नीक इन्ष्टिच्यूटमा ५० वेडको आइसोलेशन वार्ड निर्माण गरेको छ । संक्रमित संख्या थप हुँदै गए । अपुग भएमा रेडक्रस तालिम केन्द्र भएको भवनमा ५ वेर्डको आइसोलेशन वार्ड निर्माण गरिने प्रमुख प्रशासकीय अधिकृत कविराज उप्रेतीले जानकारी दिनुभयो । त्यस्तै गरी शिर मेमोरियल अस्पताल बनेपामा कोभिड-१९ प्रकोपको लागि २० वेर्डको आइसोलेशन वार्ड निर्माण भएको छ । 
    भेन्टिलेटरको संख्या भने काभ्रेमा ७ वटा मात्रै छ । धुलिखेल अस्पतालमा एक सय वेर्डको आइशोलेसन वार्ड निर्माण भएको छ । धुलिखेल अस्पतालका प्रशासकीय निर्देशक डा.रमेश माकजुका अनुशार युवाका लागि ४, बालबालीकाका लागि ३ भेन्टीलेटर छन् र २५ वटा एचडीयु (हाइडिप्रेन्सी युनिट) बेड तयार गरिएका छन् । बनेपा स्थित शिरमेमोरियल अस्पतालमा १वटा भेन्टिलेटर मेशिन भए पनि विष सेवन र आत्महत्याको केश भएका लागि प्रयोग हुने गरेको छ । कोरोना संक्रमितको लागि प्रवन्ध गर्न नसकीएको कुरा शिरमेमोरियल अस्पतालका नियमित्त कार्यकारी प्रमुख सुन्दर थापाल बताउनुभयो । कोरोना संकास्पत संक्रमितको लागि २० वेड, संक्रमित पुष्टि भएकालाई २० वेर्ड छन् । ५ बेर्डको आइसीयु कक्ष भए पनि अलग्गै सञ्चालन गर्न सक्ने अवस्था छैन, थापाले भन्नु भयो । जिल्लाका अरु नीजि तथा सरकारी अस्पतालमा पनि भेन्टिलेटरको सुविधा छैन् । 
    प्रादेशीक स्तर उन्नतीको प्रक्रियामा रहेको मेथिनकोट अस्पताल नमोबुद्ध नगरपालिकामा समेत एक मात्र सरकारी मेथीनकोट अस्पतालमा भेन्टिलेटरको सुविधा छैन् । अस्पतालले पनि छुट्टै आइसोलेशन कक्ष समेत निर्माण गरेका छैन् । धुलिखेल नगरपालिकामा २५ वेडको आइसोलशन वार्ड निर्माणको तयारीमा रहेको प्रमुख प्रशासकीय अधिकृत तारानाथ लुइटेलले जानकारी दिनुभयो ।  १ सय ४ जना कोरोना संक्रमित १ सय २ घरको आइसोलेशन वार्डमा २ जना धुलिखेल अस्पतालमा उपचार भइरहेको र ६४ बर्षीय पुरुषको निधन भएको धुलिखेल नगरपालिका स्वास्थ्य शाखा प्रमुख सन्दीप केसीले जानकारी दिनुभयो । संक्रमत संख्या थपिदैँ जाँदा धुलिखेलको सञ्जीवनी माध्यमिक विद्यालयमा थप २५ वेडको आइसोलेशन वार्ड निर्माण गरिने जनाएको छ । ४ जना डाक्टर सहित ५० जना स्वास्थ्य जन शक्तिले स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ । 
    पनौती नगरपालिकामा ३० वेडको आइशोलेसन वार्ड निर्माण गरिएको नगरप्रमुख  भिम न्यौपानेले बताउनुभयो । तत्कालै २० बेडको आइसोलेशन वार्ड, ४ नं. वडा कार्यालयको नव निर्मित भवनमा निर्माण गर्न सकिने  नगर प्रमुख न्यौपानेले बताउनुभयो । १ सय ७ जना कोरोना संक्रमित मध्ये अस्पतालमा ३ जना, १ सय ३ जना होम आईसोलेशनमा र ५२ बर्षीय एक महिलाको मृत्यु भएको छ । २ जना डाक्टर सहितको टोलले प्रभावकारी स्वास्थ्य सेवा प्रवाह गर्न १७ जना सम्मिलीत स्वास्थ्य टोली परिचालित गरीएको स्वास्थ्य शाखा प्रमुख पुरुषोतम तिमल्सिनाले बताउनु भयो । 
    त्यसै गरी नमोबुद्ध नगरपालिका वडा नं ४ मा रहेको जनक बहुमुखि क्याम्पसमा कोरोना संक्रमितलाई लक्षीत गरी २५ शैयाको आईसोलेसन वार्ड स्थापना गरेका छ । आइसोलेशनका सबै कक्षा अक्सिजन सहितको सविधा समेत व्यवस्था गरिएको नगरपालिका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले जानकारी दिनुभयो । आइसोलेसनमा बसेका कोभिड-१९ का विरामीलाई २४ सै घण्टा चिकीत्सकहरुको स्वास्थ्यकर्मीहरुले रेखदेख गर्ने प्रवन्ध गरिएको र एम्बुलेन्सको सेवा समेत रहेको जनाएको छ । अहिले सम्म नगरमा १८ जना संक्रमित छन् । जिल्ला भित्र १२ जना रहेका छन् । जिल्ला बाहिर ६ जना रहेका छन् । नगरपालिकाले १ सालका लागि अत्यावश्यक बाहेक सबै सेवा बन्द गरेको छ । त्यसैगरी मण्डन देउपुर नगरपालिको ३० शैयाको आइसोलेशन वार्ड स्थापना गरेको छ । १छ वेडमा अक्सीजन सहितको सुविधा उपलब्ध गरिएको नगर प्रमुख टोकबहादुर वाइवाले जानकारी दिनुभयो । वडा नं ६ महादेवप्रावि डाँडाको भवनमा आइसोलेशन वार्ड निर्माण गर्न सकिने प्रमुख प्रशासकीय  अधिकृत प्रणराज न्यौपानेले बताउनुभयो । १४ जना कोरोना संक्रमित भएका मध्ये २ जना नगरपालिकाले स्थापना गरेकोे आइसोलेशन वार्डमा १२ जना होम आइसोलेशनमा रहेका छन् । स्वास्थ्य शाखाका संयोजक दिपककुमार घिमिरेलाई फोकल प्रर्सन तोकिएको छ । व्यवस्थापनको जिम्मेवारी शाखा अधिकृत मनोज  अधिकारी हुनु हुन्छ  । 
    कोभिड-१९ का विरामीलाई निःशुल्क र अन्य विरामीलाई समेत २४ सै घण्टा २ वटा एम्बुलेन्स सेवा प्रदान गर्दै आएको नागपालिकाले जनाएको छ । यसै गरी पाँचखाल नगरपालिकामा वडा नं ४ समाज कल्याण प्राविमा १५ वेडको आइसालेशन स्थापना गरेको छ । आवश्यकताका आधारमा ३० वेडको आइसोलेशन कक्ष थप गर्न सकिने  नगरप्रमुख महेश खरेलले जानकारी दिनुभयो । 
    पाँचखाल नगरपालिका स्वास्थ्य शाखा प्रमुख उज्वल अधिकारीका अनुसार २ जना डाक्टर सहित १५ जना स्वास्थ्य जन शक्तिले कोभिड-१९ संक्रमितलाई उपचार सेवा पुर्‍याउन लागि परेको जनाउनु भयो । कोभिड संक्रमितको लागि १ वटा र अन्य विरामीहरुको लागि २४ सै घण्टा एम्बुलेन्स सेवा उपलब्ध गराएको प्रमुख प्रशासकीय अधिकृत शिव प्रसाद हुमेगाइले जानकारी दिनुभयो । यसैगरी बेथानचोक गाउँपालिकाले कोभिड-१९ देश्रोलहर संक्रमितको लागि ५ वेडको आइसोलेशन वार्ड स्थापना गरिएको गाउँपालिका अध्यक्ष प्रेमबहादुर तिमल्सिनाले जानकारी दिनुभयो । 
    स्वास्थ्य चौकी ढुङ्गखर्कमा स्थापना गरेको ५ बेडको अस्पताललाई आइसोलेशन वार्ड तयार गरिएको स्वास्थ्य शाखा संयोजक सिताराम तिमल्सिनाले बताउनुभयो । गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भण्डारीका अनुसार पाँगु भुग्देउ स्वास्थ्य चौकीमा थप २५ बेडको आइएसोलेशन वार्ड बनाउन सकिने जनाउनुभयो । डाक्टर किशोर महर्जनको सहितको ५० जनाको स्वास्थ्य जन शक्तिले स्वास्थ्य सेवा प्रवाह गर्दै आएका छन् । 
    कोभिड-१९ दोश्रो लहरको रोकथाम तथा नियन्त्रणका लागि आइसोलेशनलाई निर्माणको पूर्व तयारी व्यवस्थापनको लागि कसरी अघि बढेको छ भन्ने सन्दर्भमा बझ्न खोज्दा चौरीदेउराली गाउँपालिका, भुम्लु गाउँपालिका खानी खोला र महाभारत गाउँपालिकाको अध्यक्षहरुलाई सम्पर्क गर्दा सम्पर्क हुन सकेन् ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्