IMG-LOGO

भिन्तुना ग्रुप सस्कृतिहरुको संरक्षणमा सक्रिय

 मंगल, चैत १३, २०८०  ---

 

   धर्म, सस्कृती र सस्कारको संरक्षण र सम्बर्द्धन गर्ने उद्देश्यका साथ भिन्तुना ग्रुपले पनौतीमा रहेको धर्म तथा सस्कृतिहरुको संरक्षण गर्दै आएको छ । आइतबार फागु पुर्णिामाको अबसरमा भिन्तुना ग्रुपकै अगुवाइमा संकटा जात्रा सम्पन्न भएको छ । पनौतीमा बर्सौदेखि चल्दै आएको संकटा जात्रा करिब लोप हुने अबस्थामा थियो । पनौतीका प्रधानाङ्ग परिवारले चलाउँदै अएको उक्त जात्रा लामो समयसम्म संचालन हुन सकेको थिएन । सोही जात्रालाई पनौतीको भिन्तुना ग्रुपले बि. स. २०६९ सालदेखि पुनः संचालनमा ल्याइ निरन्तर रुपमा जात्रा संचालन गरिएको भिन्तुना ग्रुप पनौतीका अध्यक्ष शिव घुल्लुले बताउनु भयो ।

   पनौतीमा संकटा जात्रा नलाग्दा धेरै संकट आइलागेको बताउनु भयो । पहिला पहिला होलिमा धेरै जना मानिसहरुले मादक पदार्थ सेवन गरि हो हल्ला गर्ने, झै झगडा गर्ने हुन्थ्यो तर जब संकटा जात्रा लाग्न थाल्यो त्यसपछि त्यस्तो नभएको पनि उनको धारणा थियो । जात्रामा शाही परिवारको नायो बाजा पनि यसपाली देखि बजाइएको थियो भने बासुरी र धिमेबाजा पनि बजाइएको थियो । संकटा जात्रामा राँगोलाई बलीदिने गरिन्छ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्